चुनाव लडेर मात्रै नेता बन्छु- राजेश हमाल

...

काठमाडौँ। पछिल्लो समय महानायक राजेश हमाल परराष्ट्र मन्त्री बन्ने चर्चा चलिरहेको छ।  कूटनीति, राजनीतिमा चासो राख्ने हमाल यो समयमा भने पक्कै राजनीतिमा आउँछन् भन्ने धेरैको अनुमान थियो।  तर उक्त अनुमान गलत साबित भयो।

यही परराष्ट्र मन्त्री बन्ने चर्चालाई  प्रस्ट पार्दै उनी भन्छन्,  ‘निर्वाचन लडेर,जनताले चुनेर जनताकै सिफारिसमा मात्रै नेता बन्छु । उनले आफूलाई परराष्ट्र मन्त्रीको प्रस्ताव आएको कुरा पनि स्वीकार गरेका छन् । राजनीतिमा आउने विषयमा उनी थप प्रस्ट्याउन, हो मलाई राजनीतिमा चासो छ । तर अहिले देशको यस्तो अवस्थामा म राजनीतिमा प्रवेश गर्न चाहन्न । सोचेर बुझेर जनताको साथ र समर्थनले मात्रै नेता बन्छु ।’

राजेश हमालको राजनीतिक पृष्ठभूमि हेर्ने हो भने उनका बुबा चूडाबहादुर हमालले पनि २२ वर्षको उमेरमा बनारसबाट राजनीतिक शास्त्रमा स्नातकोत्तर गरेका थिए र परराष्ट्र मन्त्रालयमा जागिरे थिए।