असार, काठमाडौं । हाँस्य कलाकार किरण केसी (राता मकै)ले आफ्नो ५८ औं जन्मदिन मनाएका छन् । कलाकार केसीले प्रत्येक बर्ष जस्तै बिशेष कार्यक्रमका साथ आफ्नो जन्मदिन मनाएका छन् । राजधानीको इन्द्रेणी फुड ल्याण्डमा स्वास्थ्य र शिक्षामा हाँस्य ब्यङ्ग्य अन्तरक्रिया तथा सम्मान कार्यक्रम आयोजना गरी केसीले आफ्नो जन्मदिन मनाएका हुन् । त्यसका साथै यस बर्ष पनि हाँस्य बिधाका योगदान पुर्याउने २ जनालाई सम्मान गरीएको छ ।
हाँस्य बिधाले स्वास्थ्य र शिक्षामा ठुलो भुमिका निभाउन सक्ने भन्दै सबैले हाँसेर कार्यक्रमको उद्घाटन शुरु गरीएको हो । कार्यक्रमका प्रमुख अतिथिद्धय महजोडी मदनकृष्ण श्रेष्ठ र हरीवंश आचार्यको साथमा नेपालको हाँस्य बिधा लगायत अन्य क्षेत्रका थुप्रै कलाकारहरुको पनि बाक्लो उपस्थिती रहेको थियो । आफ्नो जन्मदिनको अवसरमा बोल्दै कलाकार किरण केसीले स्वास्थ्य र शिक्षामा हाँस्य बिधाले ठुलो योगदान दिन सक्ने भएकोले स्वास्थ्य र शिक्षामा हाँस्यव्यंग्य अन्तक्र्रिया तथा सम्मान कार्यक्रमको आयोजना गरीएको प्रष्ट पारेका थिए । त्यस्तै कार्यक्रमका प्रमुख अतिथि मह जोडिले पनि किरण केसीसँगको लामो सहकार्य हुँदा अहिले सम्म कुनै पनि नराम्रा कुरा सुन्न नपरेको सधैं हाँसोमय हुँदै आएको कुरा बताएका थिए ।
कार्यक्रममा हाँस्य व्यंग्य क्षेत्रमा योगदान पुर्याएको भन्दै चर्चित ब्यङ्ग्य पत्रकार दुर्गा बराल (बात्सायन) लाई नगद १० हजार सहित सम्मानपत्रबाट सम्मानित गरीएको थियो । यस्तै चर्चित हाँस्य ब्यङ्ग्य कलाकार आनन्द थापालाई पनि उनले सम्मान गरेका थिए ।
कार्यक्रममा मह जोडि मदनकृष्ण श्रेष्ठ, हरीवंश आचार्यको साथमा कलाकारहरु बसुन्धरा भुसाल, मनोज गजुरेल, दिपकराज गिरी , दिपा श्री निरौला, केदार घिमिरे, शिबहरी पौडेल, शुरबिर पण्डित, राजाराजेन्द्र पोख्रेल, कोमल वली लगायत चलचित्र क्षेत्रका पनि थुप्रै कलाकारहरुको उपस्थिती रहेको थियो ।