काठमाडौँ । भर्खर अमेरिकाको लामो टुर सकाएर नेपाल फर्किएकी गायिका एलिना चौहानले आयोजकप्रति असन्तुष्टि ब्यक्त गरेकी छिन् । उनले जस्तो छ त्यस्तै भन्छु भन्दै कलाकार सम्मान होइन नोकरझैं ब्यवहार गरियो भन्दै फेसबुक मार्फत स्टाटस लेखेकी छिन् । उनले लेखेकी छिन्, कलाकारलाई सम्मान होइन, नोकरझैँ व्यवहार गरियो। कसैले कैदीझैँ महसुस गर्यो, कसैले अपमान सहनु पर्यो। गायिका चौहानले आयोजकप्रति आक्रोश ब्यक्त गरेकी छिन् ।
उक्त टुरमा गायिका चौहानसँगै गायक बद्री पंगेनी, प्रताप दास र गायिका कला लम्साल सँगै गएका थिए । गायिका कला लम्सालले अमेरिका पुगेकी केहि समयमै आयोजकप्रति असन्तुष्टि ब्यक्त गर्दै फर्किएकी थिइन् भने गायक पंगेनी र दास भने केहि बोलेका छैनन्।
उनले लेखेको पुरा स्टाटस यस्तो छ,
”जस्तो छ, त्यस्तै भन्छु — यो टुर मेरो लागि ठूलो सिकाइ बन्यो।
कलाकारलाई सम्मान होइन, नोकरझैँ व्यवहार गरियो। कसैले कैदीझैँ महसुस गर्यो, कसैले अपमान सहनु पर्यो। ![]()
एउटा कुरा स्पष्ट भन्न चाहन्छु आयोजक भनेको कलाकारको संरक्षक हो, मालिक होइन।
कलाकारले धनभन्दा बढी इज्जत, व्यवहार र कदर खोज्छ।
नराम्रा अनुभवले धेरै कुरा सिकायो — अब कुनै कलाकारले यस्तो अपमान भोग्न नपरोस्
”







११ कार्तिक २०८२, मंगलवार ०७:२१ 








