मैले अपशब्द बोलेकै हो- अमन प्रताप अधिकारी

...

काठमाडौँ । सामाजिक सञ्जालमा भिडियो भाइरल भएपछि बोले अमन प्रताप अधिकारी भन्छन्, ‘हो मैले अपशब्द बोलेकै हो । निर्दोष स्कुल ड्रेसमा भएका हाम्रो छोराछोरी मेरै आँखा अगाडी ढलेपछि त्यो सरकारलाई, हत्यारालाई मैले अपशब्द बोलेकै हो । हो त्यति बेला मैले ती ढलेका सहिद छोराछोरी देखेर मन थाम्न सकिन मनको भडास पोखे त्यही भिडियो अहिले परिवारसङ्ग बसेर हेर्न सुन्न अप्ठ्यारो हुन्छ होला । यसको लागी म माफी माग्छु । तर मैले अबोध बालबालिका माथि गोली प्रहार गर्ने हत्यारा माथि आक्रोश पोखेको हो । उनी थप प्रस्ट्याउँछन् तर संसद् भवन जलाएको सिंहदरबार जलाएको एउटा प्रमाण ल्याउनुहोस् म जेल जान तयार छु ।’

उनले सो अपशब्द केपी ओली नेतृत्वको सरकार, संसद् तथा देउवाजी, प्रचण्डजी लगायत सम्पूर्ण संसद् विरुद्धको आक्रोश रहेको स्पष्ट पारेका छन् । उनले ती छोराछोरी आफ्ना आँखा अगाडि मरेको रिसरागको आक्रोश रहेको भन्दै सर्वसाधारणप्रति इङ्गित नभएको बताएका छन् ।

‘जेनजी’ आन्दोलनको उनको भिडियो यति बेला भाइरल भएपछि सामाजिक सञ्जालमा भिडियो बनाएर गल्ती स्विकार्दै माफी पनि मागेका छन्।

Aman pratap adhikari