ओझेलमा परेका अभिनेता सुशील श्रेष्ठ

...

काठमाडौँ।  दमदार एक्सन कला भएका,हेर्दा गुडलुकिङ ,राम्रै अभिनय गर्ने नायक हुन् सुशील श्रेष्ठ । तर जति उनमा कलाकौशल छ सोही अनुरूप उनी क्लिक हुनु सकी रहेका छैनन् । यता सुशील भन्छन्, ‘दर्शकहरूले मलाई एक्सन स्टार मान्नु पर्दैन । मात्रै कलकार मान्दिए हुन्छ ।’

उनी अभिनीत चलचित्र ‘परिवर्तन’ को टीजर सार्वजनिक भएको छ । र यही टीजर हेरेपश्चात् पनि उनको एक्सन र अभिनय कलकाको भरपुर मुल्याङकन गर्न सकिन्छ । यही चलचित्रमा काम गरेकी अर्की सदाबहार अभिनेत्री करिश्मा  मानन्धरले पनि सुशीलमा राम्रो प्रतिभा भएर पनि ओझेलमा परेको जस्तो लागेको बताएकी छन् ।

सुशील श्रेष्ठ नेपालि चलचित्र क्षेत्रका एक चर्चित अभिनेता हुन् ।‘होस्टेल रिटर्न्स ’बाट डेब्यु गरेका सुशीलले   त्यसयता  दर्जन चलचित्रमा अभिनय गरेका छन् ।राम्रो अभिनय गर्ने सुशीलका चलचित्रहरू भने सोचेअनुसार हिट हुन् सकिरहेका छैनन्।