काठमाडौ। फिल्म ‘हिमालयन गोल्ड‘ निर्माण गर्ने घोषणा गरिएको छ। मंगलबार काठमाडौँस्थित कमलादी गणेस्थानमा शुभ मुहूर्त सहित फिल्मको घोषणा गरिएको हो ।फिल्मको छायांकन नोभेम्बरदेखि सुरु हुने जनाइएको छ ।
हिमाली क्षेत्रको परिवेशमा आधारित हुने फिल्ममा कार्म, परीक्षा लिम्बु, सुनील थापा, मेनुका प्रधान, साजन थापा, अंकित खड्का, सुनील तामाङ, तेन्जिङ ठाकुरी, सबिता अधिकारी, ऋषिकेश बस्याल र राहुल मुखियाको अभिनय रहने स्रोतले बताएको छ।
फिल्ममा लेखन र निर्देशन धिराज राजवंशी को छ । राजवंशीले यसै फिल्मबाट निर्देशन डेब्यु गर्न लागेका हुन् । फिल्मको छायाङ्कन वशिष्ठ प्रधानले गर्नेछन् । सन् १९९२ को पृष्ठभूमिमा तयार हुने फिल्मले गाउँकी एक युवतीले यार्सागुम्बा सङ्कलन गर्न हिमाल चढ्ने क्रममा निर्दयी लुटेरा समूहसँग सामना गर्नुपर्ने अप्ठ्यारा र सङ्घर्षको कथा उठाउने बुझिएको छ। ।







११ कार्तिक २०८२, मंगलवार १५:०२ 








