पैसा नभएर पढाई छाडेका शिव परियार

...

काठमाडौँ। कलेज पढ्ने पैसा नभएर पढाई छाडेका गायक हुन् शिव परियार । आज तिनै शिव परियार दुखका दीन सम्झिँदै भन्छन्, ‘गाडी चढ्ने पैसा नहुँदा हिँड्दै कलेज जाने आउने गर्थे, कति रात भोक -भोकै सुते । गाउँ छाडेर सहर पसेपछि उनी मामासँग बसेर कलेज पढ्न थाले । कलेज त भर्ना भए तर कलेजसम्म जाने बस भाडा नहुँदा सधैँ हिँडेरै आवतजावत गर्थे  र कलेजमा तिर्ने पैसाको अभावमा मैले कलेज छोडे । ती दीन सम्झिँदा अहिले नमिठो लाग्छ।’

२०५६ सालमा एसएलसी परीक्षा सकेर  उनी राजधानी आएका थिए। पहिला पैसाकै अभावमा पैदल यात्रा गरेका सडकहरूमा आज उनी आफ्नो कार लिएर हिँड्छन् । आज एक स्थापित कलकार बनिसकेका छन् । नाम दाम दुवै छ । केही समय उनले विद्यालयहरूमा सङ्गीत सिकाउने म्युजिक टिचर को रूपमा काम गरेका छन् ।

फूलै फूल दिन्छौ कि’, ‘पिलायो साथीले’ ‘फेला तालमा साइली डुङ्गा सरर’, ‘अलिकति नजर तिम्रो झुकाएर आऊ’ ‘कहाँ थियौ तिमी रगमञ्च’ ‘क्या दामी भो’, ‘पागल बनायौ प्रिय’, ‘रिमझिम यादहरू’, ‘लगायौ माया साट्यौ नि मुटु नभेटी नभेटी’, ‘आँसुको अर्थ के थाहा रुवाइ जानेलाई’, ‘मेरो भागको खुसी तिमीलाई मिलोस्’, ‘जितेर पनि हारमा छु’, ‘पाकेर खाको फल मिठो’, ‘धैरै चोटी मरेँ म त’, ‘धोकेबाज हौ तिमी’ लगायत शिव परियारका दर्जनौं लोकप्रिय गीतहरू हिट छन्। छन्।