आयोजकले सम्झौता अनुसारको काम गर्नुभएन- एलिना चौहान

...

काठमाडौँ। ‘अब सुन्छ अमेरिका’ कार्यक्रमकै बिचमा अमेरिका बाट किन नेपाल फर्किएकी एलिना चौहान भन्छिन्, ‘मैले सहनै सकिन । यतिन्जेल मसँगै गएका अरू साथीहरूलाई असर पर्ला भनेर कम्प्रमाईज गरे तर अति भएपछि म कार्यक्रम नसकीकनै नेपाल  फर्किएको हो । एलिना थप सुनाउँछिन्, आयोजकले सम्झौता अनुसारको काम गर्नुभएन । अपशब्द प्रयोग गर्ने, धम्क्याउने गर्नुभयो । मलाई सुरक्षित महसुस भएन यस कारण म नेपाल फर्किएको हो ।’

३ महिनाको कार्यक्रमका लागी बद्री पङ्गेनी,कला लम्साल,प्रताप दास,र एलिना  एकसाथ अमेरिका गएका थिए । कला लम्साल पनि केही समयअघि आयोजकले बेवास्ता गरेको भन्दै नेपाल फर्किइन् । अहिले एलिना  आइन् अब प्रताप दास र  बद्री पङ्गेनी मात्रै उक्त कार्यक्रमका लागी अमेरिकामा छन् ।