‘मन बिनाको धन’ को ट्रेलर सार्वजनिक

...

काठमाडौँ। फिल्म ‘मनबिनाको धन’को मर्मस्पर्शी ट्रेलर युट्युबमा सार्वजनिक भएको छ । ट्रेलरमा अशोक दर्जीको सडक बालकदेखि सांगीतिक सफलतासम्मको कथा देखाइएको छ।

संगीतकार टङ्क बुढाथोकीको यो डेब्यू निर्देशकीय फिचर हो । उनकै कथा र संगीत निर्देशन समेत रहेको यो फिल्ममा सरोज खनाल, नीता ढुंगाना, बुद्धि तामाङ, सन्तोष पन्त, भोलाराज सापकोटा लगायतको अभिनय छ ।

‘मनबिनाको धन’ फिल्म २१ कात्तिकदेखि प्रदर्शन तयारीमा छ । चलचित्रकी निर्माता विष्णु माया मैनाली हुन् भने कार्यकारी निर्माता सपना शर्मा रहेकी छिन् । जीपी संग्रौला, विवेक नेपाल र विजया पाण्डे सहनिर्माताका रूपमा छन् ।