‘होस्टेल ३’ले मनायो ५१ दिन

...

काठमाडौँ। सेप्टेम्बर ५ देखि भारतमा प्रदर्शन भएको फिल्म ‘होस्टेल ३’ले मंगलबार दार्जिलिङको रिंक मलमा रहेको एसभिएफ सिनेमा हलमा ५१ दिन मनाएको हो ।  गत वर्ष व्यावसायिक रूपमा सफल ठहरिएको फिल्म ‘होस्टेल ३’ले नेपालका हलमा ५१ दिने यात्रा पूरा गरेको थियो । योसँगै दुई देशमा ५१ दिन मनाउने यो पहिलो नेपाली फिल्म बनेको छ ।

भारतमा ‘होस्टेल ३’को वितरण गोर्खा फिल्म प्रोडक्सन र सुपर सिनेमाले गरेका हुन् । फिल्मका निर्देशक सशान कँडेलले भारतमा पनि प्रदर्शनको ५१ दिन पूरा भएकोमा खुसी व्यक्त गरेका छन् ।

फिल्ममा पारस बम ठकुरी (कुलब्वाय), रिहान गिरी, पदम तामाङ, आशिष घिमिरे, सिम्रन पन्त, हेना नगरकोटी, समा पराजुली, सन्तोष बानियाँ लगायतको अभिनय रहेको छ ।