काठमाडौँ। अनमोल केसी भावुक हुँदै भन्छन्, ‘इन्डस्ट्रीले मलाई विश्वास गर्नै छाडेको थियो तर ‘जेरी अन टप’ले मेरो करियर फर्काईदीयो । उनी थप सुनाउँछन्, मेरा विगतका केही फिल्महरू फ्लप हुँदा मलाई केही पनि आउँदैन , मेरो स्टार्डम नै सकियो जस्तो क्रीटीसाईज गरिएको थियो । तर मैले मेहनत गरीरहे । म इन्डस्ट्रीको लागी नै जन्मिएको हुँ र बाँचुन्जेल यही नै रहन्छु । आज पुन: मेरो करियर जिरो बिन्दुबाट उठेको छ ।’
उनी अभिनीत ‘जेरी अन टप’ चलचित्र यतीबेला हलमा लागी रहेको छ । यो फिल्मले अहिले बजार खाईरहेको छ । पछिल्लो समयको सबैभन्दा धेरै व्यापार गर्ने फिल्म नै जेरी अन टप बनेको छ ।
पछिल्लो समय अनमोल केसीको केही फिल्महरू फ्लप भए। यसकारण कतिपयले उनलाई एक्टिङ नै नआउने भन्दै विभिन्न आलोचना गर्न थालिसकेका थिए। तर अहिले उनको अर्को चलचित्र जेरी अन टपले इतिहास रच्ने आकलन गरिएको छ।







१३ कार्तिक २०८२, बिहीबार १०:३९ 








