जुन भिडियोले अशोकको भाग्य बद्लियो

...

काठमाडौँ। पहिलो पटक भाग्य न्यौपानेले खिचेका थिए अशोक दर्जीको भिडियो । जुन भिडियोले अशोकको भाग्य बद्लिएको थियो । उक्त भिडियो सार्वजनिक नहुँदासम्म अशोक  सडक- पेटीमा बसेर, सार्वजनिक बसमा गीत गाउने गर्थे र धेरथोर पैसा जम्मा गर्थे । तर अशोकको पहिलो भिडियो भाइरल बनेपछि उनले सबैको माया र साथ पाए । गायक टङ्क बुढाथोकी जस्तो अभिभावक पाए ।

टङ्क बुढाथोकीले अशोकलाई आफ्नै छोरा सरह बनाएर राखेका छन् । अन्योल भविष्य बोकेर सडकमा गीत गाउने अशोकले राम्रो स्कुलमा पढ्न पाए, आफ्नो गायन प्रतिभा निखार्न अवसर पनि पाईरहेका छन्  र उनै सडक पेटीमा गीत गाउने अशोक अब सिनेमाको हिरो बनी सकेका छन् ।

उनको पहिलो डेब्यु चलचित्र मन बिनाको धन कार्त्तिक २१ गते रिलिज हुने तयारीमा छ । कक्षा ९ मा पढ्दै गरेका अशोकको सपना एउटा बालआश्रम र हस्पिटल खोल्ने छ । अशोक भन्छन्, ‘यती गरे भने मेरो सपना पुरा हुन्छ ।’