‘वरिष्ठ बलराम’को ‘मायाले रूवायो’ सार्वजनिक

...

काठमाडौँ। अहिले हलमा लागिरहेको फिल्म ‘वरिष्ठ बलराम’ को गीत ‘मायाले रूवायो’ युट्युबमा सार्वजनिक भएको छ। कात्तिक ६ गते तिहारको भाइटीकाका दिनबाट प्रदर्शनमा आएको फिल्मको यो गीत निर्माणपक्षले बुधबार बेलुका सार्वजनिक गरेको हो।

गीतमा प्रेम जोडीबीचको वियोगको कथा छ। गीतले दर्शकको मन छुन सक्छ। भिडिओमा फिल्मका मुख्य दुई कलाकार विजय बराल र समृद्धि अर्यालको अभिनय छ।

फिल्ममा दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरूङ, भोलाराज सापकोटा, रामबाबु रेग्मी, प्रदीप कुमार चौधरी (पीके)लगायत कलाकारहरूको अभिनय छ।