अस्पतालको शैयामा छटपटाई रहेका रेशम थापा 

...

काठमाडौँ।  यतीबेला चर्चित लोकगायक रेशम थापा शरीरको आधा भाग नचलेर विगत ३ -४ वर्षदेखी प्यारालाइसिसको समस्याले थला परेका छन् । एक पटक शल्यक्रिया गरिसकेका उनको फेरी अहिले दोस्रो पटक शल्यक्रिया गर्नुपर्ने भएको छ । उनी यती बेला अस्पतालको शैयामा छन् । रेशम थापा आफ्नो जीवन बचाउनको लागी सहयोगको अपिल गरिरहेको छन् ।

उनी अहिले अस्पतालमा एक्लै नै छन् । उनको साथमा न परिवार छ न आफन्त । पहिलो घरबार बिग्रिएर डिभोर्स गरेका उनी भन्छन्, ‘मेरो सारा सम्पत्ति डिभोर्स मै सकियो ।’ अहिले उनी एक्लै छटपटाईरहेका छन् । रेशम थापाका ‘रुमालै छ चिनो’,‘नउने मखमली’,‘साईली खानी खोला बाचेमा भेट होला’ लगायत दर्जनौँ कालजयी गीतहरू छन् ।

रेशम थापा सिनामंगलस्थित केएमसी अस्पतालमा उपचाररत छन्।