काठमाडौं । गायक राजु लामाले ओसियाना क्षेत्रको सर्वोच्च पहाड कार्सटेन्ज पिरामिड (पन्साक जया) आरोहण गरेका छन् । ४ हजार ८८४ मिटर अग्लो यो पहाड इन्डोनेसियाको अग्लो पहाड समेत हो ।
गायक लामाले २२ अक्टोबरमा यो पहाड चढेका हुन् । उनी बिहान ७ बजेर ४० मिनेटमा चुचुरोमा पुगेका थिए । उनले चुचुरोमा नेपालको राष्ट्रिय ध्वजा फर्फराएका थिए ।
उनले चुचुरोमा ‘मंगोलियन हार्ट’ र संगीतलाई माया गर्ने प्रशंसकलाई सम्झिएका छन् । चाँडै नयाँ गीत ल्याउने प्रतिबद्धता पनि उनले जनाएका छन् । उनले बौद्ध मन्त्रहरू पनि टाकुरामा जपेका छन् ।







१४ कार्तिक २०८२, शुक्रबार १६:०२ 








