सन्तोष पन्तको स्वीकारोक्ति ‘हिजो आजका कुरा’ नचल्नुको कारण तिकडम नजान्नु

...

काठमाडौं |कलाकार सन्तोष पन्तले आफूले निर्माण गरेको फिल्म ‘हिजो आजका कुरा’ नचल्नुको कारण आफूले प्रचार–प्रसारमा ‘तिकडम’ गर्न नजान्नु रहेको बताएका छन्। २०७९ सालमा रिलिज भएको उक्त फिल्ममा पन्त स्वयं मुख्य भूमिकामा थिए भने निर्देशन उनका छोरा साकार पन्तले गरेका थिए। फिल्मको गीत ‘माया जदौ’ निकै लोकप्रिय भए पनि, फिल्मले भने अपेक्षित व्यापारिक सफलता हासिल गर्न सकेन।

मंगलबार काठमाडौंमा आयोजित फिल्म ८८‘हर्ष’८८को ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै पन्तले भने,

“फिल्म बनाउन जति गाह्रो हुन्छ, चलाउन पनि उति नै गाह्रो रहेछ। मैले तिकडम गर्न जानिनँ, त्यसैले फिल्म डुब्यो।”

उनले ‘हर्ष’की निर्देशक एकता पौडेललाई व्यंग्यात्मक रूपमा सुझाव पनि दिए“फिल्म जसरी पनि चलाउनुस्, तर तिकडम गर्न चाहिँ नछोड्नुस्। बरु मलाई अष्ट्रेलिया पठाएर हरायो भनेर हल्ला गर्नुस्, त्यसपछि हंगामा हुन्छ अनि फिल्म चल्छ।”

उनको यो टिप्पणीले कार्यक्रम हलमा हाँसो ल्याएको थियो।

पत्रकारले प्रश्न गरेपछि, “आफ्नो फिल्म कमजोर भएपछि तिकडम गरेर मात्र चल्छ भन्नु कति ठीक होरु” पन्तले जवाफ दिए,

“यो मेरो अनुभव हो। अहिलेको समय यथार्थ यही हो  प्रचार, हल्ला र रणनीति बिना फिल्म चल्दैन। नयाँ फिल्म मेकरहरूले यो कुरा बुझ्नैपर्छ।”

पन्तको भनाइले नेपाली फिल्म उद्योगमा प्रमोशन र पब्लिसिटीको महत्त्वबारे पुनः बहस सुरु गरेको छ।