अन्तराष्ट्रिय कलाकार महासंघ नेपालको प्रतिनिधित्व गर्न सुनिल उडे युके

...

काठमाडौँ । कलाकार सुनिल कटुवाल युके उडेका छन् । नेपाल चलचित्र कलाकार संघ (एफएएएन)को प्रतिनिधित्व गर्दै युकेमा आयोजना अन्तराष्ट्रिय कलाकार महासंघ (इन्टरनेशनल फेडोरेसन अफ एक्टर्स (एफआईए)को चुनाबी सभामा प्रतिनिधित्व गर्न उनी आइतबार बिहान युके उडेका हुन् । कार्यक्रम नोभेम्बर ९ देखि १६ तारिखसम्म बेलायतको बर्मिङ्घम सहरमा आयोजना गरिएको छ ।

कलाकार संघका कोषाध्यक्ष समेत रहेका कटुवाल एफआइएमा नेपाल कलाकार संघको एक्लो प्रतिनिधि हुन् । एफआईएको अन्तर्राष्ट्रिय सम्मेलन तथा चुनावी महाधिवेशन समेत हरेको कार्यक्रममा करिब ४० देशका कलाकार संघका प्रतिनिधिहरु सहभागी हुनेछन्, जसमा युरोप, अमेरिका र भारतलगायतका देशहरु छन्। सम्मेलनको मुख्य कार्यक्रम बर्मिङ्घमको प्रतिष्ठित सिमफोनी हलमा हुनेछ । सम्मेलनको दौरान सहभागीहरुबीच अन्तरक्रिया तथा विभिन्न कार्यक्रमहरु सञ्चालन हुनेछन्। एफआईएले सहभागीहरुका लागि होटल बस्ने र खाने व्यवस्थाका साथै टिकटको प्रबन्ध पनि गरेकोछ।

यश अवसरमा कटुवालले नेपालको कला, संस्कृति र फिल्म क्षेत्रको प्रतिनिधित्व गर्दै युरोप, अमेरिका, हलिउड र बलिउडका ख्यातिप्राप्त कलाकार तथा संस्थाहरूसँग प्रत्यक्ष भेटघाट र अन्तरक्रिया गर्नेछन्। उनले यसलाई आफ्नो लागि मात्र नभई देश र समग्र राष्ट्रको लागि ठूलो अवसरको रुपमा लिएका छन्। कटुवालले नेपाली कला–संस्कृति झल्किने हस्तकलाका विशेष उपहारहरु (’मायाको चिनो’ र खादा) लिएर जाँदैछन्। उनले राष्ट्रिय पोसाक दौरा–सुरुवाल र टोपी लगाएर कार्यक्रममा सहभागी हुने बताए । यसका साथै, नेपालको कला–संस्कृति र पर्यटकीय स्थलहरुको प्रवद्र्धन गर्ने उद्देश्यले उनले एक कार्यपत्र पनि तयार गरेका छन्, जुन उनले सम्मेलनमा प्रस्तुत गर्नेछन्। उनी एफआईएका वर्तमान र आगामी अमेरिकी प्रेसिडेन्टका साथै जनरल सेक्रेटरीसँग प्रत्यक्ष कुराकानी गर्नेछन्। कटुवालले दक्षिण एसियामा एफआईएको क्षेत्रीय कार्यालय स्थापनाको लागि पनि पहल गर्ने बताए। अन्तर्राष्ट्रिय सम्मेलनपश्चात् कटुवाल लन्डन जाने कार्यक्रम छ । जहाँ उनले नेपाल चलचित्र कलाकार संघको युके शाखाका पदाधिकारीहरूसँग भेटघाट र छलफल गर्नेछन्। िमलेसम्म उनी लन्डनमा आयोजना हुने नेपाली अवार्ड समारहोमा पनि सहभागी हुनेछन् ।

नेपाल चलचित्र कलाकार संघको कोषाध्यक्षमा उनको अहिले तेस्रो कार्यकाल हो । कटुवालले फिल्म, सिरियल,म्युजिक भिडियोलगायत थुप्रै अभिनय छन् । नेपालको प्रतिनिधित्व गरेर आफ्नो क्षेत्रको अन्तरास्ट्रिय संस्थाको कार्यक्रममा जान पाउनु आफ्ना लागि गर्वको कुरा भएको उनले बताए । उनले कार्यक्रममा अन्तरास्ट्रिय कलाकारलाई नेपाल फिल्म तथा अन्य प्रोजेट छायांकनका लागि एकदमै उपयुक्त स्थल भएको जानकारी दिदै नेपाल छायांकनमा आए आफु र राज्यले सक्दो सहयोग गर्ने बताए । कटुवालाई कलाकार संघले एक कार्यक्रम गर्दै विदाई समेत गरेको थियो ।