काठमाडौँ । अभिनेता आर्यन सिग्देलले एक म्युजिकल फिल्ममा काम गरेका छन् । ‘बानी’ नामको उक्त फिल्मको अहिले पोष्ट प्रोडक्सनको काम भइरहेको छ । बानीमा नेपालको एक युवा र सिक्कीमकी एक युवती बिचको बियोगान्त कथा देख्न सकिन्छ ।
भिडिओमा नेपालको युवा आर्यन हुन् भने उनको सिक्कीमकी युवती करुना श्रेष्ठसँग प्रेम बस्छ । प्रेम पछि आउने उताडचडावलाई रोचक ढंगबाट प्रस्तुत गरिएको छ । बानीका सार्वजनिक दुई पोस्टरमा आर्यनलाई एंग्रि ब्वाई र लभर ब्वाई दुईवटै क्यारेक्टरमा प्रस्तुत गरिएको छ ।
फिल्ममा दिनेश क्षेत्रीको शब्द, संगीत र स्वर रहेको छ । भिडिओ कन्सेप्ट नै दिनेशको हो । भिडिओमा सम्वाद पनि दिनेशसँगै केशव भट्टराईले लेखेका छन् । भिडिओमा आर्यन र करुनासँगै सबिन कट्टेल र सुस्मिता श्रेष्ठको पनि अभिनय देख्न पाइनेछ । उत्सव दाहालको छायांकन रहेको भिडिओलाई बिकाश दाहालले सम्पादन गरिरहेका छन् । भिडिओको निर्देशन भने सुब्रत आचार्यले गरेका हुन् । भिडिओ ओएसआर डिजिटलबाट सार्वजनिक हुँदैछ । बुझिएअनुसार भिडिओ यहि मंसिर २० गतेको आसपासमा रिलिज गर्ने तयारी भइरहेको छ ।







५ मंसिर २०८२, शुक्रबार १४:४९ 








