‘जेरी अन टप’मलेसिया प्रदर्शन अधिकार बिक्री

...

काठमाडौं । नेपालसहित विश्वका विभिन्न देशमा प्रदर्शनरत ‘फिल्म जेरी अन टप’को मलेसिया प्रदर्शन तय भएको छ । नेपालमा १२ करोड माथिको विजनेस गरिसकेको फिल्मको हालै मलेशिया प्रदर्शन तय भएको हो ।

गैरआवासिय नेपाली संघ एसिया प्यासिफिक संयोजक रहेका मलेसिया वेस्ड व्यवसायी हरि भट्टराईले सम्बन्धित देशको लागि यो फिल्मको प्रदर्शन अधिकार खरिद गरेका हुन् । डिसेम्बर पहिलो साताबाट मलेसियामा ‘जेरी अन टप’ वक्स अफिस रिलिज गर्ने भट्टराईले बताए । मुख्य शहरमा वक्स अफिस रिलिज गर्ने र नेपालीहरूको बाहुल्यता रहेका अन्य ठाउँमा जुन माध्यमबाट सहज हुन्छ त्यहि विकल्पमा फिल्म प्रदर्शन गर्ने तयारीमा छौं, भट्टराइले भने ।

नेपालसँगै अष्ट्रेलिया, अमेरिकामा एकसाथ वक्सअफिस रिलिज भएको यो फिल्म यूरोप, मध्यपूर्व लगायतका विभिन्न देशहरूमा प्रदर्शनमा छ भने यूके, कोरिया र थाइल्यान्डमा पनि प्रदर्शनको क्रममा छ । स्टार अभिनेता अनमोल केसीको करियरकै सर्वाधिक विजनेस गर्न सफल यो फिल्म अन्तर्राष्ट्रिय बजारमा पनि उच्च मागका साथ प्रदर्शन भइरहेको छ ।

अनन्या फिल्मस् को ब्यानरमा सरोज न्यौपानेको प्रस्तुतिसहित निर्माण भएको फिल्ममा सुयोग गुरुङको निर्देशन छ । फिल्ममा अनमोलको साथमा आँचल शर्मा, जसिता गुरुङ, भुवन केसी, केदार घिमिरे, उषा खड्गी, सुरक्षा पन्त लगायत अभिनयमा छन्