काठमाडौँ । कृशन फिल्म्सको ब्यानरअन्तर्गत बनेको चलचित्र ‘लोकन्ती’ ले आफ्नो रोमान्टिक ट्र्याक ‘लाजै नमानी’ सार्वजनिक गरेको छ। यही मंसिर २६ गतेदेखि रिलिज हुन लागेको फिल्मको पहिलो गीतका रूपमा सार्वजनिक भएको यो ट्र्याकमा मेलिना राई र नारायण थापाको स्वर समावेश छ।
सार्वजनिक भिडियोमा मुख्य कलाकार कुमार न्यौपाने र विमला लिम्बुलाई रोमान्टिक अवतारमा देख्न सकिन्छ। गीतका शब्द शंकर अधिकारीले लेखेका हुन् भने संगीत विकास चौधरीले दिएका छन्।
रञ्जित राना निर्देशित ‘लोकन्ती’ काजी लिम्बुले लेखेको कथामा आधारित छ। निर्माण टिमका अनुसार, फिल्मलाई पूर्ण रूपमा पारिवारिक ड्रामाको रूपमा प्रस्तुत गरिएको छ।
चलचित्रमा एसराज गराच, ऋचा थापा, विमला लिम्बु, कुमार न्यौपाने, विकास अधिकारी, दमन रूपाखेती, गोविन्द प्रभातलगायत कलाकारहरूको अभिनय रहेको छ। फिल्मका निर्माता सन्तोष न्यौपाने हुन्।







१६ मंसिर २०८२, मंगलवार १५:४० 








