‘फिल्मले मेरो वास्तविक जीवनको संघर्ष बोलिदियो’: अभिनेता सुरज पौडेल

...

काठमाडौं। अष्ट्रेलियामा बसेर मोडलिङ र अध्ययन दुवै सम्हाल्दै आएका सुरज पौडेलले आफूलाई ठूलो पर्दामा देखाउने सपना फिल्मपीआरले पूरा गरिदिएको बताउँछन्। शुक्रबारबाट देशभर रिलिज हुन लागेको यस फिल्मले विदेशमा रहेका नेपाली युवाले भोग्ने दबाब, अपेक्षा र वास्तविक जीवनका उतारचढावलाई कथामा उतारेको छ।
फिल्म प्रमोसनका लागि नेपाल आइपुगेका सुरजले पहिलो डेब्युमैव्यक्तिगत अनुभवसँग ठ्याक्कै मेल खानेकथा पाउनु आफैंमा ठूलो कुरा भएको बताए। यही भावनाबाट सुरु हुन्छ हाम्रो कुराकानी

स्क्रिप्टले मलाई नै देखाइरहेको जस्तो लाग्यो

सुरजका अनुसार फिल्ममा जोडिनुको आधार स्क्रिप्ट नै हो।
स्क्रिप्ट पढेर टेबलमै बसेर अचम्म परेँ। यो तँ मेरो नै कथा त हो भनेर सोचेँ,” सुरज भन्छन्, “अष्ट्रेलियामा सुरुका दिनमा परदेशी युवाले भोग्ने चुनौतीहरूठ्याक्कै त्यही। स्क्रिप्टले मलाई भावनात्मक रूपमा नै जोडिदियो।

सलिनासँगको २०१९ को भेटफिल्ममा प्रवेशकोकुंजी

सुरज र सलिना बस्नेतबीचको चिनजान २०१९ को ग्लामर नेपाल मोडलिङ शोबाट सुरु भएको रहेछ।
त्यही पुरानो भेटमै सुरु भएको मित्रताले सुरजलाई जीवनकै ठूलो अवसर दिलायो।
सलिनाले नै अडिसनबारे म्यासेज गरिन्। त्यसपछि शोभित सरसँग सम्पर्क भयो। एक वानलाइन अडिसनपछि सरले स्क्रिप्ट पठाउनुभयो र सबै बदलियो,” उनी स्मित मुस्कानसहित भन्छन्।

शोभित सरले अभिनेता होइन, मान्छे कसरी हुन्थ्यो भनेर सिकाउनुभयो

पहिलो फिल्ममा शोभित बस्नेतजस्तो निर्देशक पाउनु आफैंमा सौभाग्य मान्छन् सुरज।
उहाँले हामीलाई क्यामेरा अगाडि मात्र होइन, क्यामेरा बाहिर पनि कसरीनेचुरलबन्ने भनेर सिकाउनुभयो। उहाँसँग काम गर्दा डर होइन, सुरक्षा महसुस भयो,” सुरजले अनुभव सुनाए।

वर्कसपले बनायो आत्मविश्वासी

डेढ महिनाको वर्कसपलाई सुरजलेफिल्मको मेरुदण्डभने।
क्यारेक्टर कसरी बनाउने, संवाद कति गहिरो छ, भाव कसरी दिनुयी सबै वर्कसपमै सिकियो। त्यसैले फ्लोरमा कहिल्यै नयाँ मान्छे जस्तो लागेन,” उनी भन्छन्।

अष्ट्रेलियाको व्यस्त जीवन, तर फिल्म छाड्ने प्रश्नै उठेन

पढाइ, काम, मोडलिङ, क्रिकेटसबैसँगै फिल्मको सुटिङ।
सुरजले त्यो समयलाईजीवनको सबैभन्दा कडा परीक्षणभन्छन्।
तर इच्छा भए सबै सम्भव हुन्छ भन्ने कुरा त्यही बेला प्रूभ भयो। निर्देशकले सबैको समय मिलाएर सुटिङको तालिका बनाइदिनु भयो, त्यसैले सम्भव भयो,” उनले बताए।

डेब्युमै भविष्यका संकेत ?

फिल्मपीआरपछि करिअर कता जाने ?
सुरज सिधा जवाफ दिन्छन्
अष्ट्रेलियामा हुँदाहुँदै पनि काम आयो भने नेपाल आउन मलाई समस्या हुँदैन।पीआरपछिका प्रोजेक्टहरू पनि दर्शकले चाँडै नै देख्न पाउनेछन्।

फिल्मले विदेशका युवा नेपालीको मनभित्र लुकेका कथाहरू बोलिदिने दाबी उनको छ। अब हेर्न बाँकी छपहिलो फिल्ममै वास्तविक कथासँग जोडिएको अभिनयले सुरजलाई नेपाली फिल्म क्षेत्रमा कति टाढासम्म पुर्याउँछ।