पाँडेलाई प्रश्न- बालेनको युट्युवमा भ्युज नगएपछि डराउनु भएको हो ?

...

काठमाडौं । पाँडे अर्थात अर्जुन घिमिरे काठमाडौंका मेयर बालेन शाहसँग नजिक छन् । उनीहरु सँगै खानाखाने देखी बिभिन्न समयमा भेटघाट गरिरहन्छन् । यसैबिच पाँडेले निर्देशन गरेको फिल्म झरीपछिको इन्द्रेणीको फसायो लमीले बोलको गीत बालेनको युट्युवमा अपलोड गरियो । तर गीतमा सोचेजस्तो भ्युज आएन । त्यसपछि बालेको क्रेजले पनि भ्युज तान्न सकेन भन्दै पाँडे डराएका रहेछन् । आज आइतबार फिल्मको ट्रेलर रिलिज कार्यक्रममा पाँडे आफैले हासो शैलीमा स्विकार गरे ।

भिडियो हेर्नुहोस्

हासो शैलीमा भनेपछि बास्तविकता भने यहि नै हो । फिल्मको टिमले बालेनको युट्युवमा राखेपछि भ्युज गइहाल्छ भन्ने सोचेको थियो तर बालेनको युट्युवमा आएपनि गीतको खासै चर्चा भने भएन । अहिले टिमले ओएसआर डिजिटलसँग सम्झौता गरेको छ । अब फिल्मका अन्य सामाग्रीहरु ओएसआर डिजिटलको युट्युवमा आउनेछ । फिल्म यहि पुसको ४ गतेबाट रिलिज हुने तयारीमा छ ।