पोखरामा शनिबार ‘विन्टर फेष्ट’: सञ्जु राठोड पहिलोपटक पोखरामा स्टेजमा

...

पोखरा । लेकसाइडको मनोरञ्जन माहोल शनिबार ‘पोखरा विन्टर फेष्ट’ले झनै तातेने भएको छ। प्रचार नेपाल, अर्बिटेरी इभेन्ट र स्पेक्स–१४को संयोजनमा क्लब क्याटवाक, खहरेमा आयोजना हुने फेष्टमा भारतीय चर्चित गायक सञ्जु राठोड पहिलोपटक आधिकारिक रूपमा पोखरेली दर्शकमाझ प्रस्तुत हुँदैछन्।

‘गुलाबी सारी’, ‘सुन्दरी’, ‘गल्ती से मिस्टेक’ र ‘चाल सिके सिके’ जस्ता हिट गीतका गायक राठोड केही महिनाअघि घुम्न पोखरा आइपुगेका थिए। पोखराप्रति देखिएको आकर्षणकै कारण उनले यसपटकको शोका लागि सहजै सहमति जनाएको कार्यक्रम सञ्चालक आशिष पुरीले बताए।

फेष्टमा राठोडसँगै ¥याप भर्सका लागि परिचित एसटी म्यान र युवा ऊर्जा कमाइरहेका कलाकार राजन केसी पनि स्टेजमा उत्रिनेछन्। ‘बोमबे’, ‘सिनेमा’, ‘झोला ग्याङ’ जस्ता गीतले एसटी म्यानलाई युवामाझ थप लोकप्रिय बनाइरहेका छन्। फेष्टको सुरुवात भने राजन केसीले गर्नेछन्।

साँझ ८ बजेबाट सुरु हुने फेष्टका टिकट खल्तीमार्फत उपलब्ध छन्। कार्यक्रम आयोजकले क्लब क्याटवाकले कलाकारका लागि आवश्यक तयारी पूरा गरिसकेको जनाएको छ। सञ्चालक पुरीका अनुसार “संगीत, ¥याप, युवा उत्साह र विन्टर फेस्टिभलको मज्जा एकैसाथ लुट्न चाहनेका लागि ‘पोखरा विन्टर फेष्ट’ विशेष आकर्षण बन्नेछ।”