काठमाडौं । नेपाली संगीत क्षेत्रमा कलाकारहरूले पारिश्रमिक नपाउने समस्या फेरि एकपटक सतहमा आएको छ। श्रमशोषण र मेहनतको उचित मूल्य नपाउने प्रवृत्तिले थुप्रै कलाकार आजित बनेका छन्।
सामाजिक सञ्जालमार्फत कलाकारहरूले आफूले भोग्नु परेको आर्थिक अन्यायबारे आवाज उठाइरहेका छन्। पछिल्ला दिनमा चर्चित गायिका ञ्जु पन्त र एलिना चौहान ले पनि पारिश्रमिक नपाएको गुनासो सार्वजनिक गरेका छन्।
गायिका पन्तले एक व्यक्तिले १५ दिनमै पैसा दिने भन्दै लगेको रकम पाँच महिनासम्म नफर्काएको बताउँदै लेखेकी छन्, “भोली दिन्छु, पर्सी दिन्छु भन्दै भाका राख्दै आएका छन्। अब नाम, फोटो, भिडियो सार्वजनिक गरेर कानुनी कारबाहीमा जानुपर्ने अवस्था नआओस् भन्ने चाहना छ। के गर्नेरु”त्यस्तै, गायिका एलिना चौहानले कलाकारको श्रममाथि भइरहेको अन्यायप्रति आक्रोश व्यक्त गर्दै लेखेकी छन्, “कलाकारको दुःख, मेहनतको पैसा बीचमै खाएर भुँडी फुलाउनेहरू बाहिर आउनुपर्छ। दुःख गर्ने कालु, मकै खाने भालु।”
यसअघि पनि थुप्रै नृत्य निर्देशक, संगीतकर्मी र सिर्जनात्मक क्षेत्रका अन्य कलाकारहरूले पारिश्रमिक नपाएको गुनासो व्यक्त गरिसकेका छन्। निरन्तर दोहोरिरहने यो समस्या समाधानका लागि अब कडा कदम चाल्नुपर्ने आवाज फेरि उठ्न थालेको छ।







२४ मंसिर २०८२, बुधबार १६:२८ 








