पल शाह र कोमल नेपालीको जोडी बिशाल सोनीको ‘स्याउलि बजारमा’

...

काठमाडौँ । पछिल्लो समय चर्चामा रहेका गायक बिशाल सोनी र शान्तारानी परियारको स्वरमा नयाँ गीत सार्वजनिक गरिएको छ । बिशाल र शान्तारानी दुबैजना चर्चामा आएको धेरैसमय भएको छैन । यद्यपी उनीहरुको सांगितीक क्षेत्रको संघर्ष दशक बढी छ । बिशालको नेपाली सांगितीक क्षेत्रमा दशक माथीको अनुभव छ । उनलाई ७ महिना अघिको ‘मकै बारी दर्याम दर्याम’ गीतले चर्चामा ल्याइदियो । यस्तै गायिका शान्तारानी परियारलाई १ बर्ष अघिको ‘मत ढले ढले’ गीतले चर्चामा ल्याइदियो । यि दुबै गायक र गायिकालाई दर्शकले पछिल्लो समय निकै रुचाइरहेका छन् ।

अहिले भर्खर ‘तानातान हानाहान स्याउलि बजारमा’ बोलको गीत सार्वजनिक गरिएको छ । बिशाल र शान्तारानीको स्वर रहेको यो गीतको हुकलाइन पनि बिशालकै छ । शब्द भने अर्का लोकप्रिय गीतकार नेत्र अर्यालको छ । गीतमा नन्दु परियारले संगीत दिएका छन् । एरेन्ज एचबिएन किस्मतको छ ।

गीतको भिडियोको कुरा गर्दा रमाइलो बनाइएको छ । साथै नेपाली चलचित्र क्षेत्रका लोकप्रिय नायक तथा म्युजिक भिडियोका डिमाण्डेड पल शाहले नाचेका छन् । उनलाई मोडल कोमल नेपालीले साथ दिएकी छिन् । मोडल कोमलले यसअघि केहि म्युजिक भिडियोमा काम गरिसकेकी छिन् । यसअघिको अनुभवले पनि अहिलेको गीतमा निकै मिहिनतका साथ काम गरेको कोमलले बताएकी छिन् । साथै उनले पल शाहसँग काम गर्न पाउँदा खुसी ब्यक्ति गरेकी छिन् । भिडियोमा गायक बिशालले पनि मोडलिङ गरेका छन् ।

नवराज उप्रेतीले खिचेको भिडियो मिलन बिश्वकर्माले सम्पादन गरेका हुन् । भिडियो मौसम हिमालीले निर्देशन गरेका हुन् ।