सुदुरपश्चिम महोत्सवमा अभिनेत्री स्नेहा जोशीको ‘राजा चाहियो’ डान्स

...

धनगढी । अभिनेत्री स्नेशा जोशीले सुदुरपश्चिमको धनगढीमा जारी सुदुरपश्चिम महोत्सव २०८२ मा आफ्नो नृत्य प्रस्तुती दिएकी छिन् । शनिबार (मंसिर २७) गते साँझ केहि गीतहरुमा नृत्य गरेकी स्नेहाले राजा चाहियो बोलको गीतमा पनि प्रस्तुती दिइन् । जुन गीतमा दर्शकबाट वान्स मोरको हुटिङ पनि आएको थियो ।

sneha joshi photo

अभिनेत्री स्नेहाले आफ्नासँगै अन्य केहि गीतका मिश्रीत अडियोमा नृत्य प्रस्तुती दिएकी थिइन् । स्नेहा महोत्सवको स्टेजमा पहिलोपटक पुगेकी हुन् । यसअघि थिएटर, म्युजिक भिडियो, चलचित्रमा अभिनय गर्दै आएकी स्नेहाले औपचारिक रुपमा स्टेजमा प्रस्तुती दिन सुरु गरेको र आगामी दिनमा पनि बिभिन्न मेला महोत्सवमा पुग्ने योजना बनाएको बताएकी छिन् । ‘काठमाडौंमा हुँदा म्युजिक भिडियो, चलचित्र, नाटकमै ब्यस्त भइरहदा स्टेज कार्यक्रममा हिड्ने समय मिलेको थिएन । अब भने हिड्ने योजना बनाएकी छु’, अभिनेत्री स्नेहाले आर्टिष्ट खबरसँग भनिन् । ‘स्टेज कार्यक्रम भनेको प्रत्यक्ष दर्शकसँग भेट्ने अवसर पनि हो, त्यसैले पनि मलाई मन पर्छ ।’

sneha joshi photo

अभिनेत्री स्नेहाले आधा दर्जन चलचित्र र २० बढी म्युजिक भिडियोमा काम गरेकी छिन् । उनले केहिबर्ष थिएटरमा नाटक समेत गरेकी थिइन् ।