डान्स–र्‍याप फ्युजनमार्फत विन्दुको नयाँ पहिचान, ‘च्वाप्प मोइ’ मा आश्मानसँग फरक प्रयोग

...

काठमाडौँ । गायिका विन्दु परियारले आफ्नो सांगीतिक यात्रामा नयाँ मोड थप्दै र्‍यापर आश्मान केसीसँग सहकार्यमा तयार गरिएको गीतच्वाप्प मोइसार्वजनिक गरेकी छन्। पारम्परिक गायन छविबाट एक कदम अगाडि बढ्दै विन्दुले यसपटक डान्सेबल ट्र्याक र र्‍याप फ्युजनमार्फत आफूलाई नयाँ रूपमा प्रस्तुत गरेकी हुन्।

काठमाडौँमा आयोजित एक कार्यक्रममा सार्वजनिक गरिएको गीतमा शब्द र सङ्गीत आश्मान केसीकै रहेको छ। गीतको म्युजिक भिडिओमा पनि विन्दु र आश्मान स्वयं देखिएका छन्, जसले सहकार्यलाई अझै जीवन्त बनाएको छ। कार्यक्रममा सहभागीहरूले दुई फरक विधामा स्थापित कलाकारको जुगल्बन्दीले नेपाली आधुनिक सङ्गीतमा ताजगी थपेको प्रतिक्रिया दिएका थिए।

विन्दुलेच्वाप्प मोइलाई आफूभित्र लामो समयदेखि रहेको चाहनाको प्रतिफलका रूपमा वर्णन गरिन्। गीतमा पहिलोपटक मोडलिङ गर्दै नृत्यमा खुलेर देखिन पाएको अनुभवले आफूलाई थप आत्मविश्वासी बनाएको उनको भनाइ थियो। आश्मानसँगको सहकार्यले गीतलाई फरक स्वाद दिएको र सबै उमेर समूहका दर्शकश्रोतासम्म पुग्ने लक्ष्य राखिएको उनले बताइन्।

कार्यक्रममा गीतकार राजेन्द्र थापाले विन्दुको स्वरलाईभीडभन्दा अलग पहिचान बोकेको आवाजभन्दै प्रशंसा गरे। आधुनिक गायनमा र्‍यापको प्रयोगले नयाँ सम्भावनाको ढोका खोलेको उनको धारणा थियो। त्यस्तै, र्‍यापर हाकिमले फरक विधामा चम्किरहेका दुई कलाकारको सहकार्यले दर्शकलाई नयाँ अनुभव दिने विश्वास व्यक्त गरे।

च्वाप्प मोइविन्दु परियारकै आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। डाइनामिक स्टुडियोमा तयार भएको गीतको एरेञ्ज विमल छिनालले गरेका छन्। म्युजिक भिडिओमा मेघनाथ चौधरीको छायाङ्कन, विमला तामाङको शृंगार, मिलन विश्वकर्माको कलर, जीएफएक्स तथा सम्पादन, रोशन विश्वकर्माको कोरियोग्राफी रहेको छ भने निर्देशन स्वयं आश्मान केसीले गरेका छन्।

डान्स र र्‍यापको सन्तुलित मिश्रणमार्फतच्वाप्प मोइले विन्दुको नयाँ सांगीतिक पहिचान मात्र होइन, नेपाली आधुनिक सङ्गीतमा सहकार्यको सम्भावनालाई पनि फराकिलो बनाएको देखिन्छ।