काठमाडौं । चलचित्र विकास बोर्डले बनेपामा निर्माण गर्न लागेको आधुनिक इन्डोर फिल्म स्टुडियोका लागि ११ निर्माण कम्पनी प्राविधिक मूल्याङ्कनमा उत्तीर्ण भएका छन्। ती कम्पनीहरूको आर्थिक प्रस्ताव पुस ७ गते दिउँसो २ बजे बोर्ड कार्यालय, चावहिलमा सार्वजनिक रूपमा खोलिनेछ।
करिब १६ करोड ४९ लाख रुपैयाँ लागत अनुमान गरिएको यो स्टुडियो १ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य बोर्डले लिएको छ। परियोजना सम्पन्न भएपछि नेपाली चलचित्र उद्योगलाई आधुनिक, मौसम–निरपेक्ष छायांकन सुविधा स्वदेशमै उपलब्ध हुने अपेक्षा गरिएको छ।







२९ मंसिर २०८२, सोमबार १७:३३ 








