बालेनको स्वरमा रहेको ‘झरीपछिको इन्द्रेणी’को गीतलाई १० लाख भ्युज

...

काठमाडौँ । यहि पुस ४ गते अर्थात् आगामी शुक्रबारबाट प्रदर्शनमा आउन लागेको सिनेमा ‘झरीपछिको इन्द्रेणी’को ओएसटी ‘आम नेपाली बुवा’ रिलिज भएको २४ घण्टामै १० लाख भ्युजसहित चर्चामा आएको छ। गीतले युट्युबमा एक लाख १८ हजारभन्दा बढी लाइक र साढे ११ हजारभन्दा बढी प्रतिक्रिया पाइसकेको छ।

बालेनको शब्द र र्‍याप रहेको यस गीतमा आम नेपाली बुवाको संघर्ष, जिम्मेवारी र समाजको यथार्थलाई प्रभावकारी रूपमा प्रस्तुत गरिएको छ। देवकोटाको कविता ‘कुन मन्दिरमा जान्छौ यात्री’को अंश समेटिएको कोरसले दर्शकको मन छोएको छ। भिडियोमा सिनेमाका दृश्यहरू समावेश गरिएका छन्, जसले फिल्मप्रति दर्शकको उत्साह बढाएको छ।

यसै सिनेमाबाट निर्देशनमा डेब्यु गरेका हास्य कलाकार अर्जुन घिमिरे ‘पाँडे’ले छोटो समयमा दर्शकबाट पाएको माया आफूका लागि प्रेरणादायी भएको प्रतिक्रिया दिएका छन्। नागराज इन्टरटेन्मेन्ट प्रालिको निर्माण रहेको फिल्ममा गणेश उप्रेती, रमेश उप्रेती, दीपाश्री निरौला, प्रकाश घिमिरेलगायत कलाकारको अभिनय रहेको छ।