राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको मधेश प्रदेश समिति गठन, क्षितिज विश्वकर्माको नेतृत्व

...

सर्लाही । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको मधेश प्रदेश समिति औपचारिक रूपमा गठन भएको छ। मधेश प्रदेशका आठै जिल्लाबाट सहभागी लोक सञ्चारकर्मीहरूको भेलाले क्षितिज विश्वकर्माको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो।

उद्योग वाणिज्य संघ सर्लाहीको लालबन्दीमा सम्पन्न कार्यक्रममा राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको केन्द्रीय कार्यसमितिको महिला विभाग प्रमुख सबिता पोखरेलको संयोजकत्व तथा प्रमुख आतिथ्य र सह–संयोजक विनिता क्षेत्रीको विशिष्ट आतिथ्यमा समिति गठन गरिएको थियो। नवगठित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा रमेश खत्री, उपाध्यक्षमा सुशीला पोखरेल चौलागाई, सचिवमा प्रफुल्ल मिश्र, सहसचिवमा विनोद ढुंगेल, कोषाध्यक्षमा श्रवण साह र सहकोषाध्यक्षमा मानिक चन्द चयन भएका छन्।

त्यस्तै, प्रचार–प्रसार विभाग प्रमुखमा कुलदीप दास, महिला विभाग प्रमुखमा आरती सेन्चुरी (नारायणी विश्वकर्मा) र प्रवक्तामा राजु श्रीवास्तव चयन भएका छन्। सदस्यहरूमा सरिता सापकोटा, प्रभु प्रसाद यादव, रामनाच राम, सन्तोष कर्ण, एसएम जगाहस्त ‘गुड्डु’, अस्मिता परियार र अनिल यादव रहेका छन्।

कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान सर्लाहीका जिल्ला अध्यक्ष महेन्द्र महतो, उद्योग वाणिज्य संघ लालबन्दीका अध्यक्ष महेश महतो, प्रतिष्ठानका उपाध्यक्ष सन्तोष कर्ण, सहसचिव मदन नेपाललगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति थियो।

प्रमुख अतिथि सबिता पोखरेलले २०६५ सालमा स्थापना भएको संस्थाको योगदान स्मरण गर्दै संस्थापकदेखि हालसम्म नेतृत्व सम्हाल्दै आएका चन्द्रमणी गौतमलगायत सबै अग्रजको योगदान सम्मानयोग्य रहेको बताइन्। उनले विधानअनुसार अघि बढ्दै लोक सञ्चारकर्मीका हक–हितका लागि केन्द्रीयस्तरबाट समेत आवश्यक पहल र सहकार्य गरिने विश्वास व्यक्त गरिन्। मधेश प्रदेशका लुकेका स्रष्टा र सिर्जनालाई उजागर गर्ने, भ्रामक तथा अशुद्ध सूचनाको खण्डन गर्दै सत्य समाचार प्रवाह गर्ने दायित्व नवगठित समितिले पूरा गर्नेमा उनले आशा व्यक्त गरिन्।

विशिष्ट अतिथि विनिता क्षेत्रीले मधेश प्रदेश शाखा गठन हुनु गर्वको विषय भएको बताउँदै समितिलाई सफल कार्यकालको शुभकामना दिइन्। कार्यक्रममा उपस्थित अन्य अतिथिहरूले पनि मधेशमा शाखा गठनले लोक सञ्चारकर्मीको सञ्जाल थप मजबुत हुने विश्वास व्यक्त गरे।

कार्यक्रमका अध्यक्ष तथा मधेश प्रदेश शाखाका अध्यक्ष क्षितिज विश्वकर्माले विश्वासका लागि सबैप्रति आभार प्रकट गर्दै संस्थाको गरिमा अझ उचाइमा पुर्‍याउने प्रतिबद्धता जनाए। कार्यक्रमको सञ्चालन आरती सेन्चुरी ९नारायणी विश्वकर्मा०ले गरेकी थिइन्।