काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको नवौं महाधिवेशन महोत्तरीको बर्दिवासमा आगामी फागुनको १, २ र ३ गते आयोजना हुने भएको छ। अध्यक्ष रीता थापामगरको संयोजकत्वमा पशुपति शर्मा र सुवास केसी सदस्य रहेको उपसमितिले सोमबार महाधिवेशन बर्दिवासमा गर्ने निर्णय गरेको हो।
महाधिवेशनले प्रतिष्ठानको नयाँ केन्द्रीय नेतृत्व चयन गर्नेछ। सातै प्रदेशमा संगठन विस्तार गरिसकेको प्रतिष्ठानको यो महाधिवेशन पहिलोपटक मधेश प्रदेशमा हुन लागेको हो। महाधिवेशनका लागि देशभरबाट करिब १५ सय प्रतिनिधि तथा सदस्य बर्दिवासमा भेला हुने बताइएको छ। लोक तथा दोहोरी गीतका कलाकारको छाता संस्थाका रूपमा स्थापित प्रतिष्ठानमा हाल देशभर ३० हजारभन्दा बढी सदस्य आबद्ध रहेको प्रतिष्ठानले जनाएको छ।







१ पुष २०८२, मंगलवार १२:२६ 








