कुटुम्बको ‘लाइभ म्युजिक’ कन्सर्ट काठमाडौंमा

...

काठमाडौं । लोकप्रिय सांगीतिक ब्यान्ड ‘कुटुम्ब’ले राजधानी काठमाडौंमा विशेष कन्सर्ट गर्ने भएको छ।पुस २६ गते शनिबार (जनवरी १०) बुढानिलकण्ठ नगरपालिका–१३, चुनिखेल कौडोलस्थित ‘२९ रिसोर्ट एन्ड फार्म हाउस’ मा कन्सर्ट आयोजना हुने भएको हो।

‘कुटुम्ब लाइभ म्युजिक’ नाम दिइएको कन्सर्ट साँझ ५ बजेदेखि सुरु हुनेछ। कन्सर्टका लागि टिकट दर ५ सय रुपैयाँ तोकिएको छ।

आयोजक तथा २९ रिसोर्ट एन्ड फार्म हाउसका सञ्चालकमध्येका एक दिमेश श्रेष्ठका अनुसार कन्सर्टलाई व्यवस्थित र सहज बनाउन टिकट प्रणाली अपनाइएको हो।
उनले भने, “टिकट बेचेर नाफा कमाउने हाम्रो उद्देश्य होइन। दर्शकको सेलेक्सन र भीड नियन्त्रणका लागि मात्रै टिकट राखेका हौं।”

कन्सर्टमा ब्यान्ड ‘कुटुम्ब’ ले नेवारी गीत–संगीतलाई प्राथमिकता दिनेछ। यसका साथै अन्य सांगीतिक प्रस्तुति पनि रहने आयोजकले जनाएको छ।

चार करोड रुपैयाँको लगानीमा निर्माण गरिएको ‘२९ रिसोर्ट एन्ड फार्म हाउस’ गत वर्षदेखि सञ्चालनमा आएको हो।