काठमाडौं । शुक्रबारदेखि देशभरका सिनेमा हलमा नेपाली फिल्म ‘झरीपछिको इन्द्रेणी’ प्रदर्शनमा आएको छ।
पाका अभिनेता गणेश उप्रेती नौ वर्षपछि पुनरागमन गरेको यो फिल्म सामाजिक ड्रामा जनरामा आधारित छ। अर्जुन घिमिरेको डेब्यू निर्देशनमा बनेको फिल्मको रनटाइम १४० मिनेट रहेको छ भने यसले युनिभर्सल सर्टिफिकेट पाएको छ।
पारिवारिक कथावस्तुमा आधारित ‘झरीपछिको इन्द्रेणी’ ले भ्रष्टाचारविरुद्ध लड्ने पात्रहरूको कथा प्रस्तुत गर्छ। सुशासन र सही प्रणाली स्थापना गर्न पात्रहरूले गर्ने संघर्षलाई फिल्मले गहिरो रूपमा चित्रण गरेको छ।
फिल्ममा गणेश उप्रेती, दीपाश्री निरौला, रमेश उप्रेती, सरिता गिरीलगायत कलाकारहरूको अभिनय रहेको छ। साथै, चर्चित र्यापर बालेनले गाएको ओएसटी गीतका कारण पनि यो फिल्म दर्शकमाझ चर्चा बटुलिरहेको छ।







४ पुष २०८२, शुक्रबार १२:५८ 











