असार, काठमाडौं । असार १५ गते धानदिवसको दिन कृषि मन्त्री हरी प्रसाद पराजुलीले गरेको महिलामाथिको अश्लिल दुव्र्यवहारले यतिखेर देशभरी हल्ला मच्चाईरहेको छ । एउटा मन्त्री जस्तो उच्च पदमा रहेका पराजुलीले यस्तो अश्लिल हर्कत देखाउँदा चारैतिरबाट पदबाट बरखास्त गर्न दबाब आईरहेको छ ।
यतिखेर सामाजिक सञ्जालमा उनै कृषि मन्त्री पराजुलीका ति अश्लिल तस्बिरहरु छ्यापछ्यापती देखिन्छन् । धेरैका स्टाटसहरु मा उनै मन्त्रीलाई गालि गरीएका छन् । यसैबिच हाँस्य कलाकार दिपकराज गिरीले कृषि मन्त्रीको यस प्रसंगलाई सामाजिक सञ्जाल फेसबुकमा कृषि मन्त्री कि किष मन्त्री भनेर लेखेका छन् । कलाकार गिरीले आफ्नो फेसबुक मार्फत लेखेको स्टाटस यस्तो छ ;
कृषि मंत्री हो कि…. किस मन्त्रि ?
नाम हरिजी हो कि…… हरि बिजोकजी ?
पराजुली हुन् कि…… पराकाष्ट जाली हुन ?
यसैबिच कलाकार गिरीको स्टाटसमा बिभिन्न खालका कमेन्टहरु देखिएका छन् । गिरीले लेखेका स्टाटसमा देखिएका केहि स्टाटसहरु तल उल्लेख गरीएको छ ।
Parshuram Dhamala
नाम परजुली हरि
गर्छ्स भाते मनपरी
सङ्त केपि सुलिल्को
रैछ नि जरुवा बोको
येहि होरे नया नेपाल
गरे नत बोकोले कमाल
Santosh Pokhrel
येलाइ कुकुर भन्दा पनि कुकुरको इन्सल्ट हुन्छ………..
येस्लाइ बोउलाको कुकुर भन्दा सुहाउला…….
Ganesh Gnawali
कृषि मन्त्री भनेको कृषकको गहना हुन्
त्यसैले कृषक महिलाको घाटिमा झुण्डिन खोजेका हुन्
यसलाई नराम्रो तरिकाले ब्याख्या नगरौ :डी
Guragain Nirja Sapkota इज्जत, लाज, सम्मान, डर जस्ता शव्दको अर्थ नजानेका व्यक्तिले गर्ने कृयाकलाप यस्तै हो, दुर्भाग्य हो देशको, यस्ता व्यक्ति प्रतिनीधि हुनुमा ।।।।।।।
सामूहिक कार्यक्ममा १० जनाको अगाडि चेलीवेटीको इज्जत गर्न नजान्ने व्यक्तिलको अIफ्नै घरका चेलीवेटी कति सुरक्षिथ होलान भन्न गाह्रो छ।।।।।।
Satyaraj Lamichhane Upadhyaya माननिय मन्त्री पराजुली ज्यू , जुन हजुरले नगर्नु पर्ने हर्कत हो गर्नु भयो यो हर्कतले के पुष्टि पार्छ भने ‘आची गर्नेलाई भन्दा देख्नेलाई लाज भने जस्तै’ भएको छ , मन्त्री ज्यू कृपया ईज्जतको पनि ख्याल राखिदिनु होला , संसारमा सबै चिज पैसाले किन्न सकिन्छ तर ईज्जत किन्न सकिन्न मन्त्री ज्यू ।