युरोपको सांगितीक टुरमा गायिका भूमिका शाह, पहिलो प्रस्तुती नर्वेमा सम्पन्न

...

काठमाडौँ । गायिका भूमिका शाह यतिबेला सांगितीक टुरको क्रममा युरोपमा छिन् । युरोपका बिभिन्न देशमा गएको साताबाट उनले औपचारिक टुर थालनी गरेकी हुन् । उनले पहिलो कार्यक्रमको रुपमा नर्वे वस्लो श्रृङखला २०२५ू मा प्रस्तुती सम्पन्न गरेको जानकारी दिएकी छिन् । उनका अनुसार कार्यक्रम लोक तथा दोहोरी गीत प्रतिष्ठान युरोप शाखाको आयोजना भएको थियो । जहाँ आफ्ना केहि लोकप्रिय गीत प्रस्तुत गरेकी थिइन् ।

लोक दोहोरि प्रतिष्ठान युरोप शाखाका अध्यक्ष सुभाष पुन मगरका अनुसार कार्यक्रम भब्य र सब्यताका साथ सम्पन्न भयो ।