प्रिजनले एलिना चौहानसँग मिलेर ल्याए ‘पिया पिया तुजे दिल दिया’

...

काठमाडौं । नेपाली गीतसंगीतको क्षेत्रमा झण्डै डेढ दशक अघि देखी संघर्षरत गायक तथा संगीतकार प्रिजन टरालीको नयाँ गीत सार्वजनिक गरेका छन् । गीतको बोल ‘पिया पिया तुजे दिल दिया’ राखिएको छ । गीत नेपाली नै हो तर कहि कहि हिन्दी भाषा पनि प्रयोग गरिएको छ । यस डान्सिङ गीतमा प्रिजनसँगै एलिना चौहानको स्वर रहेको छ । गीतमा शब्द, संगीत प्रिजनकै रहेको छ । केशब बडुको एरेन्ज रहेको गीतको कुमार रानाले मिक्सिङ गरेका हुन् ।

गीतको भिडियोमा मोडल सुनिल क्षेत्री र सलिना खत्रीलाई देख्न सकिन्छ । उनीहरुको डान्स गज्जबको देखिएको छ । अबि वागी र रितेश सिन्जाली मगरको कोरियोग्राफी रहेको भिडियो नवराज उप्रेतीले खिचेका हुन् भने अमृत चापागाईंले सम्पादन गरेका हुन् । भिडियोको निर्देशन सुनिल क्षेत्रीले नै गरेका हुन् ।

गीतबारे गायक प्रिजनले ठुलो आशा राखेका छन् । उनको आफ्नै नामको युट्युव मार्फत सार्वजनिक भिडियो सार्वजनिक भएको एकदिनमा सकारात्मक प्रतिक्रिया मिलिरहेको बताएका छन् । ‘यो गीत आजको भोली लाखौं लाखले हेर्ने त होइन तर बिस्तारै सधैं हेरिने र सुनिने खालको गीत छ । दर्शक तथा स्रोताले माया गरिदिनुहुनेछ भन्नेमा विश्वास राखेको छु ।’ प्रिजनले आर्टिष्ट खबरसँग भने । ‘मैले अहिलेसम्म गाएका केहि गीतहरु मध्ये यो गीतमा धेरै नै मिहिनत गरेको छु ।’

prijan tarali

गायक प्रिजनले अहिलेसम्म ५ वटा गीत गाएका छन् । उनले पहिलो गीत नै आजभन्दा १३ बर्ष अघि गाएका थिए । नमस्कार नमम्कार बोलको पहिलो गीतमा मेलिना राईसँग सहकार्य गरेका थिए । त्यसपछि उनी गायनमा केहिसम्म सक्रिए थिएनन् । अफिसियल गीत सार्वजनिक नगरेपनि उनले गायन क्षेत्र भने छाडेका थिएनन् । उनले ७ बर्ष अभि जानु मैया बोलको गीत सार्वजनिक गरेका थिए । जसमा दुर्गेश थापालाई मोडलिङ गराएका थिए । त्यस्तै अर्को गीत हिरो नम्बर वन पनि उनको सार्वजनिक भएको गीत हो ।

गायक प्रिजन पछिल्लो ६ बर्ष युएई थिए । त्यस कारण उनले अफिसियल गीत रेकर्ड गरेर सार्वजनिक गर्न सकेनन् तर उनी युएईको दोहोरी साँझमा गीत गाउने काम गर्दथे । अहिले नेपाल आइसकेका छन् । अब नेपालमै साँगितीक क्षेत्रमै ब्यस्त हुन् र अफिसियल गीतहरुमा पनि निरन्तरता दिने उनको सोँच छ । प्रिजनले यसपछि पनि अर्को डान्सिङ गीत सार्वजनिक गर्ने तयारी गरेका छन् ।