काठमाडौँ । परिवर्तन इभेन्ट हाउस प्रालिको आयोजनामा राष्ट्रिय नाचघर, जमलमा ‘डि एस ए स्टार २०२५ सिजन–१८’ को फिनाले सम्पन्न भएको छ। फिनालेमा नृत्य, गायन तथा अभिनय विधामा प्रतिस्पर्धा गरेका बालबालिकाहरूले उत्कृष्ट प्रतिभा प्रस्तुत गर्दै विभिन्न विधागत उपाधि जितेका छन्।
प्रतियोगिताअन्तर्गत ‘मिनी डान्सिङ स्टार’ तर्फ सुरिधी पुडासैनी विजेता बनेकी छन्। यस विधामा तेजस्वी जोरा फस्ट रनरअप, सुजयना गहतराज सेकेण्ड रनरअप, अपिल पन्त थर्ड रनरअप, विपास्ना ढुंगाना फोर्थ रनरअप, हिमांशी श्रेष्ठ फिफ्थ रनरअप र यशोदा राउत सिक्स्थ रनरअप बने।
त्यसैगरी ‘जुनियर डान्सिङ स्टार’ तर्फ प्रिज्मा सापकोटा ले शीर्ष उपाधि जित्दा काव्या पौडेल फस्ट रनरअप, अभिश्री तामाङ सेकेण्ड रनरअप, लिओना आले मगर थर्ड रनरअप, निभन्या प्याकुरेल फोर्थ रनरअप, आरजु श्रेष्ठ फिफ्थ रनरअप, प्रनिशा पन्त सिक्स्थ रनरअप, अनन्या चन्द सेभेन्थ रनरअप र आराध्या घिमिरे एट्थ रनरअप बने।
‘प्री–टिन डान्सिङ स्टार’ तर्फ अभियान गिरी विजेता घोषित भए। यस विधामा प्रियांशी सापकोटा फस्ट रनरअप, सोफी चापागाईं सेकेण्ड रनरअप, स्मृति अधिकारी थर्ड रनरअप, आरुषी घले फोर्थ रनरअप, पासाङ तामाङ फिफ्थ रनरअप, अनन्या घले सिक्स्थ रनरअप, योजन रेग्मी सेभेन्थ रनरअप र रज्जा सापकोटा एट्थ रनरअप बने।

गायनतर्फ ‘जुनियर सिङगिङ स्टार’ मा विमर्शराज थापा ले उपाधि जित्दा आश्ना खत्री फस्ट रनरअप, अन्श आचार्य सेकेण्ड रनरअप र अदिती खड्का थर्ड रनरअप भए। त्यस्तै ‘प्री–टिन सिङगिङ स्टार’ तर्फ आयुष पौडेल विजेता बन्दा सगिष्ता राना मगर फस्ट रनरअप, सोनिया सिन्जाली सेकेण्ड रनरअप र सम्पदा उप्रेती थर्ड रनरअप बने। ‘एक्टिङ स्टार’ विधामा आरोहण रिजाल शीर्ष स्थानमा रहँदा सियोना अर्याल फस्ट रनरअप, निलग्रिभ खतिवडा सेकेण्ड रनरअप र अनामिका रिजाल थर्ड रनरअप भएका छन्।
आयोजकका अनुसार प्रतियोगितामा सहभागी करिब एक सय बालबालिकाले वसुन्धरास्थित साउथ वेस्टर्न स्कुलमा एक महिनासम्म नृत्य, गायन, अभिनयलगायतका विषयमा प्रशिक्षण लिएका थिए। चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा गायनतर्फ सपन श्रेष्ठ, कलाकार विनोद श्रेष्ठ र कोरोना स्कुलकी संस्थापक प्रिन्सिपल देविना श्रेष्ठ महर्जन निर्णायकको भूमिकामा रहेका थिए।
कार्यक्रममा गायक रोज मोक्तानलाई ‘राष्ट्रिय स्रष्टा सम्मान २०८२’ बाट सम्मान गरिएको थियो। हर्लिस नेपालको प्रमुख प्रायोजन, नेपाल टेलिकम टेलिकम पार्टनर तथा नेपाल वायु सेवा निगमको सहयोगमा प्रतियोगिता सम्पन्न भएको हो।
परिवर्तन इभेन्ट हाउसकी प्रमुख कार्यकारी अधिकृत ९सिइओ० सोनिया जी आरका अनुसार विजेताहरूले म्युजिक भिडियोमा अभिनय गर्ने अवसर पाउनुका साथै सन् २०२७ मा जर्जियामा हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने मौका समेत प्राप्त गरेका छन्। हाउसका निर्देशक राज बराइलीले बालबालिकाका लुकेका प्रतिभा उजागर गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्ने अवसर सिर्जना गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए।






१४ पुष २०८२, सोमबार १५:१४ 








