चितवन – कालिका नगरपालिका–२ स्थित श्री माध्यमिक विद्यालय सहपुरमा २०८२ पुस १३ गते चलचित्र साक्षरता कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रम चोया डिजिटल सोलुसनको आयोजना तथा सेलिब्रेटी नेपालको व्यवस्थापनमा, चलचित्र विकास बोर्ड र कालिका नगरपालिकाको सहकार्यमा आयोजित गरिएको थियो।
कार्यक्रममा करिब १५० विद्यार्थीले उत्साहजनक सहभागिता जनाए। विद्यार्थीहरूमा चलचित्रप्रति सचेतना, आलोचनात्मक दृष्टिकोण र सिर्जनात्मक सोच विकास गर्न कार्यक्रमले मद्दत पुर्याएको आयोजकले बताए।

कार्यक्रममा वडा अध्यक्ष लक्ष्मण पौडेल, चोया डिजिटलका अध्यक्ष राजकुमार सिलवाल, चलचित्र पत्रकार संघका महासचिव रघुनाथ सापकोटा, विद्यालयका प्रधानाध्यापक प्रेम अधिकारी लगायतको विशेष उपस्थिति रहेको थियो।
आयोजकले यस्ता कार्यक्रमले विद्यार्थीहरूको सिर्जनशीलता, सामाजिक चेतना र अभिव्यक्तिको क्षमता विकासमा सकारात्मक भूमिका खेल्ने बताए। सहभागी विद्यार्थीहरूले कार्यक्रमले चलचित्र बुझ्ने र सिर्जनात्मक प्रयोग गर्ने सीप बढाएको प्रतिक्रिया दिएका छन्।






१४ पुष २०८२, सोमबार १५:२५ 








