काठमाडौं । ‘ऐचो पैँचो’ बाट निर्देशनमा अनुभव हासिल गरेकी कृषा चौलागाइँ हाल आफ्नो तेस्रो फिल्म ‘पारस’ को निर्माणमा जुटेकी छन्। एक्सन जनरामा बन्ने यो फिल्मको छायांकन फागुनको पहिलो सातादेखि सुरु हुने तयारीमा रहेको छ।
निर्देशक कृषाले फिल्मको छायांकन अघि मुम्बई भ्रमण गरेकी थिइन्। त्यहाँ उनी फिल्ममेकरहरूसँग भेटघाट र प्राविधिक पक्षमा छलफलमा जुटेकी हुन सक्ने अनुमान गरिएको छ। फेसबुकमा सार्वजनिक गरिएको तस्बिरमा कृषालाई फिल्म सेटमा भेटिएको देखिन्छ भने उनले मुम्बईमा आफू ठूला सपना बोकेर हिडेको उल्लेख गर्दै लेखेकी छन्, “ठूलो सपना बोकेर निस्किएको मान्छे, पारस।”
पछिल्लो वर्ष प्रदर्शनमा आएको फिल्म ‘पिताम्बर’ को अनुभवलाई सुधार्दै ‘पारस’ नेपालकै उत्कृष्ट एक्सन फिल्म बनाउन कृषा सक्रिय देखिएकी छन्। निर्देशक, निर्माता र एक्सन निर्देशकको रूपमा परिचित कृषाले आगामी दिनमा फिल्मसँग सम्बन्धित थप जानकारी सार्वजनिक गर्ने अपेक्षा गरिएको छ।






१४ पुष २०८२, सोमबार १५:३७ 








