कविता नेपाली ठूलो पर्दामा ‘एक्लो’ मार्फत अभिनेत्रीको नयाँ परिचय थप्दै

...

काठमाडौँ । डान्स रियालिटी शो बुगीवुगीकी विजेता कविता नेपाली अब नृत्याङ्गना मात्र नभई अभिनेत्रीको रूपमा ठूलो पर्दामा डेब्यु गर्न लागेकी छन्। नेपालकै पहिलो साइन्स फिक्सन फिल्म ‘एक्लो’ मार्फत उनी एरियल नामक शक्तिशाली कमान्डोको भूमिकामा प्रस्तुत हुने छिन्। फिल्म फागुनको पहिलो सातादेखि प्रदर्शनका लागि तयार छ।

कविता नेपालीका अनुसार, म्युजिक भिडियोको प्रमोसन र चलचित्रको प्रमोसनमा फरक अनुभव हुन्छ। “मिडियामा अन्तर्वार्ताका क्रममा चलचित्रभन्दा बढी व्यक्तिगत कुरा हुँदा अलिक मजा नआउँछ,” उनले भनिन्। उनी विश्वास गर्छिन् कि ‘एक्लो’ नेपाली दर्शकलाई नयाँ स्वाद दिने फरक धारको साइन्स फिक्सन फिल्म हुनेछ।

निर्देशक प्रदीप शाहीले सुरुमा कवितालाई केवल सानो एक्सन दृश्यको लागि सोधेका थिए। तर उनको अडिसन क्लिपमा देखिएको अभिनय र एक्सन एक्सप्रेसनबाट प्रभावित भई उनी मुख्य पात्रमा चयन गरे। कविता स्वयं भन्छिन्, “पहिलो फिल्म फ्लप भए करियर सकिन्छ भन्ने डर त हुन्छ, तर म फिल्मको प्रस्तुति र दर्शकको प्रतिक्रियामा विश्वास गर्छु।”

फिल्मको छायांकन र मेकिङ विशेष रूपमा बलियो रहेको छ। मुस्ताङको ५ हजार मिटरभन्दा माथिको उचाइमा एक्सन दृश्य खिच्नु चुनौतीपूर्ण भए पनि उनका खेलाडी पृष्ठभूमिले कठिन परिस्थितिलाई सहज बनाएको छ।

फिल्ममा प्रदीप खड्का, विजय लामा, सुनील थापा, दिया पुन, वेनिशा हमाल, दिनेश डीसी, कविता नेपाली, सुरजसिंह ठकुरी, एवन राज उप्रेती, त्रिचु राई, कृष्णभक्त महर्जन, विकास अधिकारी, दिग्गज खत्री, विनोद सुवेदी ‘क्षितिज’, बाल कलाकार जेमिन श्रेष्ठ र स्योन सविक सिंह लगायतका कलाकारको अभिनय छ। साथै बेलायती अभिनेता जेमी बेकनले पनि महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्।

फिल्म एनआरएन समूहको लगानीमा निर्माण भएको हो। कार्यकारी निर्माता विनोद सुवेदी ‘क्षितिज’, छायांकन बाबु श्रेष्ठ, द्वन्द्व निर्देशन राजु तामाङ, सेट डिजाइन राजु पेन्टर, कला निर्देशन सन्तोष लामा, प्रोडक्सन डिजाइन द्रोणप्रसाद पौडेल ‘ठेउके’ ले सम्हालेका छन्।

कविता नेपालीले फिल्मको स्क्रिप्ट पढ्दा नै यसमा आकर्षित भएकी थिइन्। उनले भनिन्, “स्क्रिप्ट अनुसार नै फिल्म बनेको छ। म निकै एक्साइटेड छु, अलिक डर पनि छ। तर आफ्नो नयाँ यात्रा, अभिनेत्रीको परिचय थप्न, सुरु भएको छ।”