काठमाडौं । मधुसुदन भट्टराई निर्देशित फिल्म ‘हामी तीन भाइ’ को प्रदर्शन मिति तोकिएको छ। निर्माण टिमले सार्वजनिक गरेको पोस्टरसँगै फिल्म आगामी चैत १३ गते बाट देशभर प्रदर्शनमा आउने जानकारी दिएको हो।
सार्वजनिक पोस्टरमा कलाकार विनोद न्यौपाने, फलित राई र कुशल बिष्ट रोमान्टिक तथा खुसी मुडमा आकाशतर्फ हेरेको अवस्थामा देखिन्छन्। पोस्टरको एक छेउमा भाले उडिरहेको दृश्यले कुनै लक्ष्य हासिल गरेपछिको उत्साहलाई संकेत गरेको अनुमान गर्न सकिन्छ।
निर्देशक भट्टराईकै कथामा बनेको यस फिल्ममा विनोद न्यौपाने, लक्ष्मी वर्देवा, कुशल बिष्ट, आश्मा गिरी, जाहन्वी बस्नेत, फलित राई, राजाराम पौडेल, रविन्द्र झा, विष्णु सापकोटा (हर्के हल्दार), विकास चापागाँइ, शुष्मा निरौला, यादव देवकोटा (सरापे), अन्जु हमाल, तारा शर्मा, पवन के.सी., रमा बिष्ट, विरेन श्रेष्ठ, शुष्मा जिम्बा, खिन्न बहादुर भण्डारी (भोले), गोविन्द प्रसाद पौडेल, भूमिका गिरी, टेकराज पौडेल र अमृतमान महर्जन लगायत कलाकारको अभिनय रहेको छ।
प्रसिद्धि सिने आर्टस् प्राली को ब्यानरमा निर्माण भएको फिल्मका निर्माता त्रिरत्न श्रेष्ठ र मनोज श्रेष्ठ हुन् भने कार्यकारी निर्माता विक्रम तामाङ रहेका छन्। सह–निर्मातामा भक्तलाल श्रेष्ठ, प्रतिमा थापा पोखरेल र दुर्गालक्ष्मी पाण्डे छन् भने विशेष सहयोगी शम्भु कुमार के.सी. हुन्। साजित महत प्रस्तुतकर्ता रहेको फिल्मको पटकथा तथा संवाद शिवम् अधिकारी ले लेखेका छन्।
फिल्मको छायांकन शिव ढकाल, सम्पादन बनिश शाह, संगीत साप शक्ति र बाबुल गिरी, नृत्य निर्देशन कमल राई र इन्द्र देव महर्जन, पाश्र्व संगीत सम्राट थापा, ध्वनी मिश्रण मुकेश शाह, रंग संयोजन रेनिश फागो ले गरेका छन्। कला निर्देशन दिनेश लामा ‘गैंडा’, ग्राफिक्स एक्स समिर मिया, निर्माण नियन्त्रक सन्देश राई (भान्जा) र पोस्ट–प्रोडक्सन मोशन स्टुडियो ले गरेको हो।
फिल्मका मुख्य सहायक निर्देशक रामजी राउत र ज्ञानकुमार कट्टेल रहेका छन्। प्रचार सामग्री आइडियल डिजाइनर्स ले तयार पारेको हो भने फिल्मलाई नेशनल सिने ग्रुप प्रालि ले वितरण गर्नेछ। डिजिटल पार्टनर ओएसएआर डिजिटल रहेको छ।






१६ पुष २०८२, बुधबार १४:०१ 










