‘एक्लो’ले पायो युनिभर्सल सर्टिफिकेट, सबै दर्शकले हेर्न मिल्ने

...

काठमाडौं । अंग्रेजी नयाँबर्ष जनवरी १ अर्थात भोली बिहीबारबाट रिलिजमा आउने नेपाली फिल्म एक्लो १ ले चलचित्र सेन्सर बोर्डबाट यु सर्टिफिकेट पाएको छ । यु भन्नाले युनिभर्सल अर्थात सबैले हेर्न मिल्ने भनेर सर्टिफिकेट दिएको हो । यो फिल्म नेपाली फिल्महरुकै लागी फरक छ । काल्पिनिक कथामा निर्माण भएको फिल्म हो । सुपरस्टार प्रदीप खड्का यो फिल्मको मुख्य कलाकार हुन् । प्रदीपसँगै विजय लामा, सुनिल थापा, बेनिशा हमाल, कविता नेपाली, सुरज सिंह ठकुरीलगायतका कलाकारको मुख्य अभिनय छ ।

फिल्ममा आउँदो सन् २०३० मा हुनसक्ने एक घटनालाई कल्पना गरेर कथा बनाइएको छ । सन् २०३०मा एउटा ठुलो भाइरल आउँछ । त्यसपछि त्यो भाइरलले केके गर्छ भन्ने कुरा फिल्मले देखाउँछ ।
फिल्मलाई प्रदीप शाहीले निर्देशन गरेका हुन् । निर्देशक प्रदीपले यसअघि पनि आफ्नो निर्देशकिय कला देखाइसकेका छन् । साथै उनले बिदेशमा पनि फिल्म नै पढेर आएका हुन् । फिल्म एक्लोका निर्माता राजुकुमार गुरुङ, हरि श्रेष्ठ, विष्णु तामाङ, उत्सव विष्ट, भाइराजा थापा, नवीन सिवा, बागवीर पुन हुन् भने कार्यकारी निर्माता विनोद सुवेदी ‘क्षितिज’ रहेका छन् ।

eklo movie film sensor board

बाबु श्रेष्ठको छायाङ्कन रहेको यस चलचित्रमा राजु तामाङको द्वन्द्व निर्देशन, सेट डिजाइनरमा राजु पेन्टर, कला निर्देशनमा सन्तोष लामा तथा प्रोडक्सन डिजाइनरमा द्रोण प्रसाद पौडेल ठेउके रहेका छन् ।