काठमाडौं । यहि माघको २३ गतेबाट प्रदर्शन हुने तयारीमा रहेको चलचित्र ‘कुमारी’को ‘डोको बुन्ने’ बोलको गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा केहर सिंह लिम्बुको स्वर रहेको छ । सागर लामिछाने मगर र सुमन तामाङ शब्द रहेको गीतलाई सुमन र गायक केहरले कम्पोज गरेका हुन् । गीतको भिडियो केन्द्र मोशन पिक्चर्सको युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

दिनेश राउत निर्देशीत कुमारीमा मुख्य कलाकार अभिषेक खड्का र आकृति राज भण्डारीको अभिनय छ । अहिले सार्वजनिक गीतमा पनि अभिषेक र आकृतिले नृत्य गरेका छन् । साथै चलचित्रमा घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकांक्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने, मनिषा शर्मा, र भूपी लुहारजस्ता कलाकारको पनि अभिनय रहेको छ ।

बिनिश इन्टरटेन्मेन्टले पिक्चर फ्रेमको सहकार्यमा निर्माण गरिरहेको यो चलचित्रलाई महेन्द्र अधिकारीले निर्माण गर्दैछन् । पटकथा विकास सुवेदीले लेखेका हुन् । सुसन प्रजापतिको छायाङ्कन निर्देशन रहने चलचित्रको कार्यकारी निर्मातामा केदार भुसाल, प्रोडक्सन डिजाइनरमा आशिका शर्मा, मुख्य सहायक निर्देशकमा दिनेश बहादुर रावत छन् ।






१६ पुष २०८२, बुधबार १८:०३ 










