काठमाडौँ । चर्चित कलाकार आशा खड्का (कान्छि, भुन्टि)को पित्तथैलीको पत्तथरको अपरेशन गरिएको छ । उनका श्रीमान सागर गौतमले अपरेशन पश्चात आशाको स्वास्थ्यमा क्रमिक सुधार आएको जानकारी दिएका छन् ।
कलाकार आशा नेपाली सिरिजको दुनियाकी चर्चित पात्र हुन् । उनलाई आशा भन्दा पनि कान्छि र भुन्टि भनेर धेरै दर्शकले चिन्ने गर्छन् । उनका दुई सिरिज कान्छि र भुन्टि अत्यधिक लोकप्रिय छन् । सिरिजकै उनी मुख्य कलाकार हुन् । उनी आफैले सिरिजको लेखन र निर्देशन पनि गर्ने गर्दछिन् ।






१६ पुष २०८२, बुधबार १९:३६ 










