राजेश पायल राईको स्वरमा ‘जुनसँग के दाँजुर‘’ सार्वजनिक

...

काठमाडौ । म्युजिक भिडियो मोडल तथा गीतकार भुवन लोहनीको रचनामा आधारित तेस्रो नयाँ गीत ‘जुनसँग के दाँजुर‘’ सार्वजनिक गरिएको छ। अमेरिकामा बस्दै आएका भुवन पछिल्लो समय गीत लेखनमा पनि सक्रिय छन्। लोकप्रिय गायक राजेश पायल राईको स्वर रहेको यो आधुनिक गीतमा संगीत दीपक शर्माको छ भने संगीत संयोजन साहस शास्यले गरेका छन्। गीतको मिक्सिङ तथा मास्टरिङ किशोर थापाले गरेका हुन्।

भिडियो भुवनको छोराको जन्मदिन तथा नयाँ वर्ष २०२६ को पूर्वसन्ध्यामा ओएसआर डिजिटलमार्फत रिलिज गरिएको हो। गत महिना नेपाल आएका बेला लमजुङमा छायांकन गरिएको भिडियोमा नव मोडल अर्विसा थापासँग भुवन लोहनी स्वयं मोडलिङमा देखिएका छन्।

सुन्दर प्राकृतिक दृश्य र हिमाली सौन्दर्य समेटिएको भिडियोको निर्देशन तथा छायांकन कृष्णबहादुर थापाले गरेका हुन्। भिडियो निर्माता सविता घले मोहनी रहेकी छिन्।