कालो बिरालो सँगको कपाल मुण्डनको पोजमा देखिइन् निशा

...

असार, काठमाडौं ।  भर्खरै मात्र अमेरीका गएकी नायिका निशा अधिकारीले आफ्नो न्यु लुक्सको तस्बिर सार्वजनिक गरेकि छिन् । शरद भेष्कावर सँगको प्रेम सम्बन्धमा ब्रेकअप भएपछि निशा अमेरीका तिर लागिन् भनेर बिभिन्न मिडियामा खबर आएको थियो त्यसपश्चार निशा र शरद दुबैले त्यस खबरलाई खण्डन समेत गरेका थिए । यस्तै त्यसको केहि समय पछि निशाले यसरी कपाल मुण्डाएर कालो बिरालो लाई काँधमा राखेको तस्बिर सार्वजनिक गरेपछि बिभिन्न टिकाटिप्पणी बढेका छन् ।

nisha-adhikari - mundan pose

निशाले राखेको तस्बिरमा उनका फ्यान हरुले कतिले राम्रो प्रतिक्रिया दिएका छन् त कतिले नराम्रो प्रतिक्रिया पनि दिएका छन् । यसका लागि निशाले तस्बिरमा दिइएको कमेन्टलाई रिप्लाई समेत दिदै आएकि छिन् ।
निशाले आफुले कपाल मुन्डन गरेर प्रत्येक पल पलको मज्जा लिइरहेको पनि लेखेकी छिन् । साथै उनले आफ्नो मनले चाहेको कुरा गर्नुपर्ने समेत लेखेकी छिन् । निशा तस्बिरमा मुन्डन कपाल सँग खुसी देखिएकि छिन् ।