काठमाडौँ । नयाँ अंग्रेजीबर्ष २०२६ को सुरुबाट प्रदर्शनमा आएको नेपाली चलचित्र ‘एक्लो १’ लाई धेरै दर्शकले नबुझेको भन्ने गुनासो आइरहदा निर्माण टिमले केहि परिवर्तन गरेको छ । चलचित्रका कार्यकारी निर्माता बिनोद सुवेदी (क्षितिज)का अनुसार अहिले रोबोटको पात्रको अंग्रेजी शम्वादलाई नेपालीमा डब गरिएको छ । अब हलमा हेर्ने दर्शकले त्यो अंग्रेजी सम्वाद नेपालीमा सुन्न पाउनेछन् ।
‘धेरै नेपाली दर्शकबाट सम्वाद नबुझिएको गुनासो आयो त्यसैले हामीले नेपालीमा डब गरेका हौं ।’ निर्माता क्षितिजले आर्टिष्ट खबरसँग भने । यस्तै फिल्मका सम्पुर्ण अंग्रेजी संवादमा नेपाली सबटाइटल थपिएको छ । चलचित्रलाई प्रदीप शाहीले निर्देशन गरेका हुन् भने प्रदीप खड्का, कबिता नेपाली, बेनिशा हमाल, सुनिल थापा, बिजय लामा लगायतको। अभिनय रहेको छ ।






२४ पुष २०८२, बिहीबार १०:०५ 










