काठमाडौँ । चलचित्र ‘परान’ले आफ्नो प्रदर्शनको ७१औं दिन पुरा गरेको छ । गएको कार्तिक १४ गतेबाट प्रदर्शनमा आएको परान ११ औं सातामा प्रवेश गरेसँगै देशैभरी अझैपनि १० बढी हलहरुमा प्रदर्शन जारी छ ।
यसैबिच परानको ७१ औं दिनमा ललितपुरको लबिम मलमा रहेको सिनेमा हलमा साँझ ७ बजेको शो हेर्ने दर्शक भरिभराउ थिए । शो सकिदा १० बजेको थियो । सोहि अवसरमा परान टिम दर्शक भेट्न हलमै पुगेको थियो ।
चलचित्रका निर्देशक दिपक प्रसाद आचार्यले ७१ औं दिनसम्म पुग्दा पनि दर्शकले दिएको मायाप्रति खुसी ब्यक्त गरे । यस्तै चलचित्रका निर्माताद्धय रन्जित आचार्य र शेखर गोल्छाले पनि दर्शकसँग प्रतिक्रिया बुझेका थिए । साथै बाल कलाकार आर्यदिप आचार्यले पनि आफ्नो हजुरबुबाको कथालाई फिल्ममा हेर्न पाउँदा खुसी लागेको बताएका थिए ।
आर्टिष्ट खबरले शुक्रबार रातको १०ः१५ मा गरेको गरेको परान बिशेष यो कुराकानी हेरौं ।







२६ पुष २०८२, शनिबार ०९:२७ 











