प्रवर्द्धनमा नयाँ प्रयोग : ‘कुमारी’को धरानमा ८ तल्ले भवन पूरै ढाक्ने होर्डिङ बोर्ड

...

धरानमाघ २३ गते प्रदर्शनमा आउने नेपाली चलचित्रकुमारीले परम्परागत प्रचार शैलीभन्दा फरक र आक्रामक प्रवर्द्धन रणनीति अपनाएको छ। चलचित्रले धरानस्थित फ्रेन्ड्स सिनेमा हल रहेको ८ तल्ले भवन पूरै ढाक्ने गरी विशाल होर्डिङ बोर्ड राख्दै दर्शकको ध्यान तानेको छ।

करिब ३२०० स्क्वायर फिट (४०×८० फिट) क्षेत्रफलमा फैलिएको यो पोस्टर नेपालमै अहिलेसम्म छापिएको र जडान गरिएको सबैभन्दा ठूलो फिल्म पोस्टर भएको दाबी निर्माण पक्षले गरेको छ। पोस्टर छपाइमै मात्र करिब ८० हजार रुपैयाँ खर्च भएको बताइएको छ। धरानको व्यस्त स्थानमा राखिएको यस होर्डिङले सहरमै चलचित्रको उपस्थिति अनुभूति गराएको छ।

भिजुअल प्रचारसँगैकुमारीको संगीत पनि चर्चा बटुलिरहेको छ। गीतडोको बुन्ने निगाली चोयालेलोकप्रिय बन्दै गएपछि गायक केहर सिं लिम्बु र उनको ब्यान्डकेहर एन्ड द लुङालाई केन्द्रमा राखेर चलचित्रलेकुमारी लाइभ म्युजिकल कन्सर्टसुरु गरेको छ। नेपालगन्ज, पोखरा, चितवन, काठमाडौं र दमक गरी पाँच सहरमा आयोजना हुने कन्सर्टमा चलचित्रका मुख्य कलाकार अभिषेक खड्का, आकृति राजभण्डारी तथा निर्देशक दिनेश राउत पनि सहभागी हुनेछन्।

प्रेमकथालाई सशक्त रूपमा प्रस्तुत गर्न चिनिएका निर्देशक दिनेश राउतको यो चलचित्रको कथा विकास सुवेदीले लेखेका हुन् भने निर्माता महेन्द्र अधिकारी हुन्। विशाल होर्डिङ र लाइभ कन्सर्टमार्फतकुमारीले रिलिजअघि नै दर्शकमाझ अलग छाप छोड्न सफल भएको देखिन्छ।