शान–सलिनाको रोमान्टिक गीत ‘संगी’ सार्वजनिक, पल र सजिनाको मनमोहक केमेस्ट्री

...

काठमाडौं । गायक शान भुषालको स्वरमा तयार भएको नयाँ रोमान्टिक गीतसंगीसार्वजनिक भएको छ। कपिलराज गिरिको शब्द र शानकै संगीतमा तयार भएको गीतमा फिमेल भोकलमा सलिना बिकेले साथ दिएकी छन्। कर्णप्रिय अडियोले गीतलाई थप रोमान्टिक बनाएको छ।

गीतको भिडियोमा अभिनेता पल शाह र सजिना श्रेष्ठ फिचर छन्। मनाङको रमणीय दृश्यमा खिचिएको भिडियोमा पल र सजिनाको जोडी आकर्षक देखिएको छ। करिब ५ दिन लगाएर मनाङमा छायांकन गरिएको भिडियो उच्च मेकिङसहित तयार गरिएको छ। खराब मौसमका बीच टिमले गरेको मिहिनेत भिडियोमा स्पष्ट देखिन्छ।

किरण थापाको निर्देशन तथा कोरियोग्राफी रहेको भिडियो पवन सुस्लिङले खिचेका हुन्। सम्पादन पवन सुस्लिङले नै गरेका छन् भने प्रवेश खत्रीले सम्पादनमा साथ दिएका छन्। भिडियोका प्रोजेक्ट म्यानेजर प्रवेश खत्रीले मनाङमा सम्पूर्ण व्यवस्थापन सम्हाल्दै निर्माणलाई सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्।